१४ असार २०८३, आईतवार
,
Latest
हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद छः माधवकुमार नेपाल झलनाथ खनालको प्रश्न: महाकाली सन्धीले हामीलाई के दियो ? कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: पूर्वप्रधानमन्त्री खनाल पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल वाम एकता भएको भए १०० सिट जित्थ्यौं, आजको सत्ता समीकरण नै फरक हुन्थ्योः झलनाथ खनाल झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ बस दुर्घटनाः छानबिन गर्न समिति गठन गर्ने निर्णय



अ+ अ-

काठमाडौँ । धादिङमा आइतबार राति भएको बस दुर्घटनाबारे गृह मन्त्रालयले औपचारिक छानबिन अघि बढाउने निर्णय गरेको छ।

ठूलो जनधनको क्षति भएका कारण मन्त्रालयले उच्चस्तरीय बैठक बसेर घटनाको तथ्यगत अध्ययन गरी प्रतिवेदन पेश गर्ने उद्देश्यसहित छानबिन समिति गठन गर्ने निष्कर्ष निकालेको हो।

बैठकमा गृहमन्त्री ओम प्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघका प्रतिनिधि, तीनवटै सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको बताइएको छ।

प्रारम्भिक विवरण अनुसार पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा राति करिब १ बजे सडकबाट तल खसेर त्रिशूली नदी किनारमा पुगेको थियो।

दुर्घटनामा १८ जनाको ज्यान गएको पुष्टि भएको छ। घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा एक जनाको निधन भएको छ। घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। प्रहरीका अनुसार नेशनल अस्पतालमा १० जना, ट्रमा सेन्टरमा १५ जनामध्ये एक जनाको मृत्यु भएको र बाँकी १४ जनाको उपचार जारी रहेको छ।