११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ बस दुर्घटनामा १८ जनाको मृत्यु,रास्वपाद्धारा दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस गएराति एक बजे धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडामा त्रिशूली नदी किनारमा खसेको दुर्घटनामा १८ जनाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुःख व्यक्त गरेको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा असामयिक मृत्युवरण गर्न पुगेका सम्पूर्णको आत्माको चीरशान्ति कामना गर्दै शोकसन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी समवेदना प्रकट गरिएको छ।

साथै दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।