२५ भाद्र २०८३, बिहीबार
,
Latest
काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार ग्यास अभावविरुद्ध सडकमा दाउरा बालेर विद्यार्थीको सांकेतिक प्रदर्शन- फोटो फिचर भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो १२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय सङ्घीय अस्पतालमा शवगृह बनाइने उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द समूहका नुवाकोट सेक्रेटरी पक्राउ



अ+ अ-

बेत्रावती । जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ । उनी काठमाडौबाट पक्राउ परेका हुन् । ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला प्रशासन कार्यालयमार्फत म्याद लिएर अशोकलाई अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्ले मंगलबार जानकारी दिए ।

नुवाकोटको विदुर नगरपालिका वडा नं २ नुवाकोटडाडाँ, वडा नंं १० गेर्खु, बेलकोटगढी नगरपालिका वडा नंं ४ पेटारेपाखामा एनसेलको टावरमा आगजनी, ककनी गाउँपालिकाको वडा नं १ को वडा कार्यालयमा बम विष्फोटन तथा डर र त्रास दिएर विभिन्न स्थानमा चन्दा सङ्कलन गरेको लगायतका अभियोगमा समेत अशोक संलग्न रहेको प्रहरीले दाबी गरेको छ ।