४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

वीरगञ्जमा सुरक्षा खतराका कारण कर्फ्यू, चार किल्लाभित्र आवत-जावत रोक

वीरगञ्जमा सुरक्षा खतराका कारण कर्फ्यू, चार किल्लाभित्र आवत-जावत रोक
file photo
अ+ अ-

काठमाडाैँ । पछिल्लो सुरक्षा अवस्था दृष्टिगत गर्दै वीरगञ्ज महानगरपालिकाभित्र आज  बिहान ९ः४५ बजेबाट अर्को सूचना नआएसम्मका लागि कर्फ्यू लागू गरिएको छ।

प्रमुख जिल्ला अधिकारीको कार्यालयले जारी गरेको आदेश अनुसार  महानगरपालिकाभित्र चार किल्ला तोकी सो सिमानाभित्र कुनै पनि व्यक्तिले आवत-जावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पाउने छैन।

कर्फ्यूको तोकिएका सीमा यस प्रकार छन्: पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट। आदेश अनुसार सामान्य जनजीवनमा रोक लागे पनि केही अत्यावश्यक सेवाका सवारी साधनलाई छूट दिइएको छ।

यसमा एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, विश्वविद्यालय परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार र कूटनीतिक नियोगका सवारी साधन र हवाई यात्रु समावेश छन्। यी सवारी साधनको आवागमन सुरक्षाकर्मीको सहजीकरणमा हुनेछ। प्रहरी र प्रशासनले जनतालाई कर्फ्यूको पालना गर्न, असुरक्षित क्षेत्र प्रवेश नगर्न र कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न चेतावनी दिएका छन्।