४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

वैभव उद्यमी सम्मान २०८२: भकारी विज्नेज हाउस र पोलिटेक रिसाइकल सम्मानित

वैभव उद्यमी सम्मान २०८२: भकारी विज्नेज हाउस र पोलिटेक रिसाइकल सम्मानित
अ+ अ-

काठमाडाैँ । उद्यमशीलता प्रवर्धन तथा युवा उद्यमीहरूको सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको ‘वैभव उद्यमी सम्मान कार्यक्रम २०८२’ सम्पन्न भएको छ।

कार्यक्रम औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

यस वर्षको वैभव उद्यमी सम्मान अन्तर्गत उदीयमान उद्यमी (राङजिङ इन्टरप्रेनर) विधामा भकारी विज्नेज हाउस प्रा.लि. सम्मानित भएको छ भने उदीयमान सफल उद्यमी विधामा पोलिटेक रिसाइकलले सम्मान प्राप्त गरेको छ।

भकारी विज्नेज हाउस प्रा.लि. नेपाली हिमालयन वेलनेसका उत्पादनहरूको उत्पादन तथा बजारीकरण गर्दै आएको कम्पनी हो, जसले हाल २५ जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ।

त्यस्तै, पोलिटेक रिसाइकल फोहोर वर्गीकरण तथा पुनर्चक्रण सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको उद्यम हो, जसले २० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि उमेश कुमार गुप्ताले सम्मानित उद्यमीहरूलाई बधाई दिँदै देश विकासका लागि उद्यमी व्यवसायीहरूलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको उल्लेख गरे ।

उनले नेपाल सरकारअन्तर्गत औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवउद्यमीहरूलाई ३ प्रतिशत ब्याजदरमा विना धितो २० लाख रुपैयाँसम्म स्टार्टअप कर्जा उपलब्ध गराइरहेको र यस वर्ष मात्र १० हजारभन्दा बढी आवेदन परेको जानकारी दिए।

भकारी विज्नेज हाउस प्रा.लि. का संस्थापक २३ वर्षीय धन बहादुर कार्कीले नेपाली हिमालयन वेलनेसका उत्पादनहरू उत्पादन तथा बजारीकरण गर्दै आएकाे बताए । भकारीले हाल २५ जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ।

यस्तै, आशिस लामा, दावा दोर्जे मोक्तान र फुर्वा योन्जन गरी तीन युवाले स्थापना गरेको पोलिटेक रिसाइकलले फोहोरको वर्गीकरण तथा पुनर्चक्रण व्यवसाय सञ्चालन गर्दै आएको छ। फोहोरलाई समस्या होइन, सम्भावना ठानेका यी ३ युवाहरूले हाल २० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेका छन्।