२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा दुई अस्थायी मतदान केन्द्र निर्धारण



अ+ अ-

कञ्चनपुर। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत हरिशचन्द्र जोशीले कारागार शाखा र भीमदत्त नगरपालिका कार्यालयमा अस्थायी मतदान केन्द्र राखिएको बताउनुभयो ।

जगेडामा रहने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी तथा कारागारमा रहेका कैदीबन्दीका लागि उक्त अस्थायी मतदान केन्द्र निर्धारण गरिएको अधिकृत जोशीले बताउनुभयो ।

यहाँ अस्थायी मतदाताको सङ्ख्या पाँच सयभन्दा बढी रहेको छ, जसमा २१ जना कैदीबन्दी रहेका छन् । कारागारमा धेरै कैदीबन्दी रहे पनि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीलाई मात्र मतदान गर्न दिइने व्यवस्था रहेको अधिकृत जोशीले जानकारी दिनुभयो ।

यसैबीच, जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको छनोट कार्य सम्पन्न भई तालिम सुरु गरिएको छ । आज निर्वाचन क्षेत्र नं १ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । सोमबार निर्वाचन क्षेत्र नं २ र ३ का लागि तालिम सञ्चालन योजना छ ।

तीनवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले सहायक कर्मचारी छनोट गरी खटाउने कार्य अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

मतपत्र तथा निर्वाचनसम्बन्धी सम्पूर्ण सामग्री जिल्लामा आइपुगेको र निर्वाचन क्षेत्रमा ढुवानी गर्ने कार्य भइरहेको छ । निर्वाचन अधिकृतको कार्यालयमा पठाइएका सामग्री रुजु गर्ने र पोका बनाउने कार्य भइरहेको जोशीले जानकारी दिनुभयो ।   रासस