१९ भाद्र २०८३, शुक्रबार
,
Latest
‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आचारसंहिता पालना गर्ने सवालमा गम्भीर हुन आयोगलाई आग्रह



अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आचारसंहिताको पालना गर्ने, गराउने सवालमा गम्भीर हुन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति जारी गरी घण्टी चिह्न हुने दलले ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहेको जनाएको छ ।

“ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहँदा आयोगले नदेखेजस्तो, नसुनेजस्तो गरिरहनु विडम्बनापूर्ण छ, खुकुरी चिह्न हुनेले घण्टी बजाउँदै हिँडेजस्तो खुकुरी नचाउँदै हिँड्ने, डोजर चिह्न हुनेले सडक र राजमार्ग अवरुद्ध हुनेगरी डोजर चलाउँदै हिँड्ने अवस्था आयो वा हिँड्यो भने निर्वाचन आयोगका लागि त्यो पनि स्वीकार्य हुनसक्छ ?”, विज्ञप्तिमा उल्लेख छ ।

रौतहटमा सामाजिक एकता र सद्भाव खल्बल्याउने, साम्प्रदायिक वैमनस्यता पैदा गर्नेगरी भएका घटनाप्रति पार्टीले चिन्ता व्यक्त गर्दैै सामाजिक सद्भाव र एकता कायम गर्न अपिल गरेको छ ।  रासस