२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको खराब बलिङ, चौथो ओभरमा सर्वाधिक चुटाइ खाए



अ+ अ-

मेल्बर्न । नेपाली क्रिकेटर सन्दीप लामिछाने बीबीएल अन्तर्गत बुधबार भएको खेलमा खराब बलिङ गरेका छन्। टिम मेल्बर्न स्टार्सका लागि क्रिकेटर लामिछानेले खराब बलिङ गरेका हुन् ।

लामिछानेले पुरै चार ओभर बलिङ गर्दा बिना विकेट ३९ रन दिएर मेल्बर्नका लागि महंगो सावित भएका हुन्। यअघि मेल्बर्नको पाँचौ जित निकाल्न सन्दीपले महत्वपूर्ण योगदान गरेका थिए। उनले चार ओभर बलिङ गर्दा २६ रन खर्चिएर तीन विकेट लिएका थिए।

टस जितेर फिल्ड रोजेको मेल्बर्नका लागि सन्दीपले बुधबार खराब बलिङ गरेका हुन्। सिड्नी थन्डरलाई पहिलो ओभरमा ९ रन दिएका सन्दीपले दोस्रो ओभरमा सम्हालिएर खेल्दा दुई रनमात्र दिए। तेस्रो ओभरमा १० रन दिएका सन्दीपले चौथो ओभरमा सर्वाधिक चुटाइ खाए। उनले अन्तिम ओभरमा १८ रन दिएका हुन्।