३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको खराब बलिङ, चौथो ओभरमा सर्वाधिक चुटाइ खाए



अ+ अ-

मेल्बर्न । नेपाली क्रिकेटर सन्दीप लामिछाने बीबीएल अन्तर्गत बुधबार भएको खेलमा खराब बलिङ गरेका छन्। टिम मेल्बर्न स्टार्सका लागि क्रिकेटर लामिछानेले खराब बलिङ गरेका हुन् ।

लामिछानेले पुरै चार ओभर बलिङ गर्दा बिना विकेट ३९ रन दिएर मेल्बर्नका लागि महंगो सावित भएका हुन्। यअघि मेल्बर्नको पाँचौ जित निकाल्न सन्दीपले महत्वपूर्ण योगदान गरेका थिए। उनले चार ओभर बलिङ गर्दा २६ रन खर्चिएर तीन विकेट लिएका थिए।

टस जितेर फिल्ड रोजेको मेल्बर्नका लागि सन्दीपले बुधबार खराब बलिङ गरेका हुन्। सिड्नी थन्डरलाई पहिलो ओभरमा ९ रन दिएका सन्दीपले दोस्रो ओभरमा सम्हालिएर खेल्दा दुई रनमात्र दिए। तेस्रो ओभरमा १० रन दिएका सन्दीपले चौथो ओभरमा सर्वाधिक चुटाइ खाए। उनले अन्तिम ओभरमा १८ रन दिएका हुन्।