१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यालेन्सियालाई हराउदै रियल स्पेनिस सुपर कपको फाईनलमा



अ+ अ-

एजेन्सी । स्पेनिस सुपर कपको फाईनलमा रियल मड्रिड प्रवेश गर्न सफल रहेको छ । साउदी अरेबियामा बुधबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई ३–१ गोल अन्तरले हराउँदै सुपर कपको फाईनलमा प्रवेश गरेको हो । रियललाई जित दिलाउन टोनी क्रुस, ईस्को र लुका मोड्रिचले एक एक गोल गरेका थिए । भ्यालेन्सियाका लागि ड्यानी पारिजोले पेनाल्टीमा एक गोल फर्काएका हुन् । खेलको१५ औ मिनेटमा क्रुसको गोलबाट रियलले अग्रता बनाएको थियो ।

संगै ईस्कोले ३९ औ मिनेटमा गरेको गोलले रियललाई दोब्बर गोलको साथ दियो । लुका जोभिकको पासलाई सदुपयोग गर्दै ६५ औं मिनेटमा लुका मोड्रिचले रियलका लागि तेस्रो गोल गरे । खेलको अन्तिम मिनेटमा पारिजोले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियाको हार अन्तर घटाउने काम गरे । दोस्रो सेमिफाईनलमा बिहिबार बार्सिलोनाले एट्लेटिको मड्रिडसंग प्रतिस्पर्धा गर्दैछ ।

विजेता टोलीसंग रियलले आईतबार उपाधिका लागि खेल्नेछ । प्रतियोगिता नयाँ ढाँचा अनुसार सञ्चालन गरिएको हो । स्पेनिस ला लिगाको दुई टिम र कोपा डेल रेका फाईनल खेलेका टिमले स्पेनिस सुपर कपमा प्रतिस्पर्धा गर्न पाउँछन् । रियल तेस्रो स्थानमा रहदै गत सिजन लिगको अन्त्य गरेको थियो । तर बार्सिलोना लिग विजेता र कोपा डेल रेको उपविजेता भएका कारण रियलले सुपरकपमा मौका पाएको हो ।