१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईकार्डीको ह्याट्रिकमा पीएसजी शानदार जित



अ+ अ-

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित सेन्ट एटिनलाई पीएसजीले ६–१ गोल अन्तरले हराएको हो । खेलको दोस्रो मिनेटमै ईकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा वेस्ले फोफानाले रातो कार्ड खाएपछि सेन्ट एटिन १० खेलाडीमा सिमित बनेको थियो । ३९ औं मिनेटमा नेयमारले पीएसजीको अग्रता दोब्बर बनाए ।

जेसी मौलिनले ४४ औं मिनेटमा आत्मघाति गोल गरेपछि पीएसजी ३–० ले अघि बढेको थियो ।ईकार्डीले ४९ औं मिनेटमा पीएसजीका लागि ब्यक्तिगत दोस्रो गोल गरे । केलियन एम्बाप्पेकै पास सदुपयोग गर्दै ५७ औ मिनेटमा उनले ह्याट्रिक पुरा गरे । त्यसपछि ईकार्डीको पासको सदुपयोग गर्दै एम्बाप्पेले ६७ औ मिनेटमा पीएसजीलाई ६–० ले अघि बढाए ।

MMArena

७१ औं मिनेटमा योहान काबायीले गोल गर्दै सेन्ट एटिनीको हार अन्तर घटाउने काम गरे ।पीएसजीको जितसंगै फ्रेन्च कपमा सेमिफाईनल पुग्ने चार टिमको टुङ्गो लागेको छ । प्रतियोगितामा पीएसजीसंगै स्टेड रेम्स, लियोन र लिलीले अन्तिम ४ मा स्थान पक्का गरेका छन्।