१४ असार २०८३, आईतवार
,
Latest
भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासी पूर्वमा नमुना मतदान अभ्यास



अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, व्यवस्थित र विश्वसनीय रूपमा सम्पन्न गर्ने उद्देश्यले नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा आज यहाँ सम्पन्न अभ्यासमा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नमना मतदान गराइएको हो । निर्वाचनका दिन अपनाउनुपर्ने सम्पूर्ण प्रक्रिया व्यवहारिक रूपमा सिकाउने लक्ष्यका साथ अभ्यास सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख लालप्रसाद शर्मा भुसालले बताउनुभयो ।

“नमुना मतदानलाई वास्तविक निर्वाचनको स्वरूप दिन महिला, पुरुष, ज्येष्ठ नागरिक तथा अशक्त मतदाताका लागि छुट्टाछुट्टै तीन वटा लाइनको व्यवस्था गरिएको थियो”, उहाँले भन्नुभयो, “अभ्यासमा मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी तथा सम्बन्धित निकायका प्रतिनिधिको सक्रिय सहभागिता थियो ।”

अभ्यासका क्रममा मतदानका बेला हुनसक्ने सम्भावित विवाद व्यवस्थापन, मतपत्र च्यातिने वा बिग्रिने अवस्थाको समाधान, मतदाताको पहिचानसम्बन्धी जिज्ञासा समाधान, लाइन व्यवस्थापन, घुइँचो नियन्त्रण, सुरक्षा निकायबीचको समन्वयलगायत विषयमा प्रयोगात्मक अभ्यास गराइएको नवलरपासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो ।

निर्वाचन प्रक्रियालाई त्रुटिरहित, सुरक्षित र मतदातामैत्री बनाउँदै फागुन २ज्ञ गतेका दिन कुनै अन्योल नहोस् भन्ने उद्देश्यले यस्तो अभ्यास प्रभावकारी हुने विश्वास लिइएको मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कुल दुई लाख ६८ हजार ५२६ मतदाता छन् । रासस