२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेनेजुएलाका विपक्षी नेताद्वारा ‘आममाफी कानून’ माथि आशङ्का व्यक्त



अ+ अ-

म्याड्रिड। निर्वासित विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटियाले शुक्रबार सयौँ राजनीतिक बन्दीहरूलाई रिहा गर्ने विवादास्पद कानून पारित भएपछि भेनेजुएलामा ‘विगतलाई सम्बोधन गर्ने जिम्मेवारी’ बिना कुनै स्थायी मेलमिलाप नहुने बताउनुभएको छ।

गत महिना अमेरिकाले त्यहाँका शक्तिशाली बामपन्थी शासक राष्ट्रपति निकोलस मदुरोलाई काराकासमा आक्रमण गरी पक्राउ गरेपछि दक्षिण अमेरिकी राष्ट्रको नयाँ नेतृत्वले यो कानुन कार्यान्वयनमा ल्याएको हो र यो उक्त देशको विगत हेरेर ऐतिहासिक सुधार हो ।

“म विश्वस्त छु, हामी सम्पूर्ण देशका लागि उपयुक्त आममाफी तयार गर्न सक्षम हुनेछौँ,” गोन्जालेज उरुटियाले एक्समा लेख्नुभएको छ ।

“आममाफी वैध हुन यो ‘सत्य, सबैका लागि स्वीकार्य मूल्य मान्यता र परिपूरण’ सहित आउनुपर्छ,” उहाँले भन्नुभयो ।

सन् २०२४ मा भएको राष्ट्रपतीय निर्वाचनमा मद्ुरो सरकारले व्यापक धाँधली गरेको आरोप लगाउँदै विपक्षी समूहले आफ्नो विजय भएको दावी गरेको थियो ।

यद्यपि, मदुरोको प्रभाव रहेको त्यहाँको निर्वाचन आयोगले विपक्षीको दावीलाई अस्वीकार गर्दै अमेरिका लगायतको यसको पश्चिमा गठबन्धनले उरुटियालाई राष्ट्रपतिको रूपमा विजयी व्यक्ति भएको भन्दै उरटियाको मदुरो सरकारलाई अवज्ञा गर्ने आन्दोलनलाई नैतिक समर्थन पुर्‍याएको थियो ।

विरोध प्रदर्शनमाथि सुरक्षाकर्मीको व्यापक दमनपछि उहाँ त्यस वर्ष नै स्पेन भाग्न बाध्य हुनुभएको थियो । (रासस/एएफपी)