१ असार २०८३, सोमबार
,
Latest
चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसको बैकाल तालमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु



अ+ अ-

मस्को। रूसको साइबेरियास्थित बैकाल तालको हिउँमा शुक्रबार एक पर्यटक बस दुर्घटना हुँदा सात चिनियाँ पर्यटकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

रुसको विपद् व्यवस्थापन मन्त्रालयअन्तर्गतको एक क्षेत्रीय शाखाले सामाजिक सञ्जालमा एक विज्ञप्ति पोस्ट गर्दै बस तीन मिटर चौडा हिउँको चिरामा खसेर डुबेको जनाएको छ ।

“उद्धारकर्ताहरूले पानीमुनि क्यामेराको प्रयोग गरेर सात जनाको शवलाई फेला पारेका छन्,” शाखाले जानकारी गराएको छ । पीडितहरूको राष्ट्रियता स्पष्ट रूपमा उल्लेख गरिएको छैन ।

यद्यपि, इर्कुत्स्क क्षेत्रका गभर्नर इगोर कोब्जेभले भन्नुभयो, “दुर्घटनामा परेका व्यक्तिहरू चिनियाँ नागरिक हुन् र यसबारे चिनियाँ महावाणिज्य दूतावासलाई सूचित गरिएको छ।”

गभर्नर कोब्जेभले एक जना प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भन्नुभयो, “पर्यटक बस डुब्नु थालेपछि एक यात्रु दुर्घटना हुनबाट उम्कन सफल हुनुभएको थियो ।

उक्त गाडी सतहबाट १८ मिटर तल पानीमा फेला परेको थियो । विश्वको सबैभन्दा गहिरो रसियाको बैकाल ताल साइबेरियाको प्रमुख पर्यटकीय गन्तव्य हो ।

यो मङ्गोलियाको उत्तरमा छ र चिनियाँ पर्यटकहरूको लागि लोकप्रिय गन्तब्य हो । जाडोमा तालको पानीको विशाल भाग जमेको दृश्यात्मक रूपमा आश्चर्यजनक क्रिस्टल–जस्तो स्तम्भहरू देखिन्छन् ।

अधिकारीहरूले जमेको तालमा विशिष्ट हिम सडकहरू बनाई अधिकारीहरूद्वारा अनुगमन गरेपछि सर्तअनुसार निश्चित प्रकारका सवारी साधनहरूको लागि खोलिएको छ।

तालमा अन्यत्र गाडी चलाउन आधिकारिक रूपमा निषेध गरिएको छ । कोब्जेभले भन्नुभयो, “सडक प्रयोगको लागि खाली गरिएको छैन र यस घटनाबारे थप छानविन सुरू भएको छ ।” (रासस/एएफपी)