३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यू डाइएमण्डद्वारा पुलिस पराजित



अ+ अ-

काठमाडौँ । न्यू डायमण्ड स्पोर्टस् क्लबको आयोजनामा भएको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आयोजक न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा न्यू डायमण्डले पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै समूह बी को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । न्यू डायमण्डले पुलिसमाथि २५–१९, २५–२३, १७–२५, १६–२५ र १५–६ को जित निकाल्यो ।

समूह चरणको अन्तिम खेलमा पराजित बनेको पुलिस पनि समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । प्रतियोगिताको विजेता टोलीले रु चार लाख १०१ तथा उपविजेताले रु तीन लाख १०१ प्राप्त गर्नेछ । त्यसैगरी तेस्रो स्थान हासिल गर्ने टोलीले रु एक लाख ५१ हजार १०१ तथा चौथोले रु ५१ हजार १०१ पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु २१ हजार १०० पाउनेछन् भने व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही रु सात हजार १०१ प्राप्त गर्नेछन् ।