१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति

आरुबारीमा रिजर्भ ट्याँकी र पाइप बिछ्याउने काम समयमै सकिन्छ : इन्जिनियर थापा

आरुबारीमा रिजर्भ ट्याँकी र पाइप बिछ्याउने काम समयमै सकिन्छ : इन्जिनियर थापा
अ अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले किलोमिटर पाइप लाइन र भारतीय कन्स्ट्रक्सन कम्पनी सिआईपिएलको ज्वाइन्ट भेन्चरलाई २५० किमि पाइप लाइन र ओभरहेड ट्याँकी निर्माणको काम जिम्मा लाएको करिब ९ महिना बितेको छ । कामको जिम्मा लिएर शुरुआत नै नगरेको उक्त कम्पनीलाई आयोजनाले काम शुरुआत गर्न लगाएको बताएको छ । प्राविधिक पक्ष र ठेक्का सम्बन्धमा कुनै समस्या नभएको तर बीचमा सामाजिक र आर्थिक समस्या नआएमा समयमै काम सम्पन्न हुने आयोजना प्रमुख ई. भोजबिक्रम थापाले बताए ।

कामको ठेक्का पाएको उक्त जेभीले ८ महिनासम्म कामको थालनी नै नगरेपछि समयमा सम्पन्न हुने कुरामा शंका थियो । थापाले भने पटक पटक छलफलमा डाकेर काम अगाडि बढाउन लगाइएको छ । आरुबारीमा रिजर्भ ट्याँकी खन्ने काम शुरु भएको छ, भारतबाट पाइप ल्याउने र कार्यक्षेत्रमा सम्पर्क कार्यालय खोल्ने काम भएको छ, उनले बताए । यही जनवरी २० तारिखबाट काम शुरु गर्ने प्रतिबद्धता कन्ट्राक्टरले जनाएको छ । दैनिक पानी दिनका लागि आरुबारीका बासिन्दालाई ओभरहेड ट्याँक तत्काल निर्माण गर्न आवश्यक छ, सो ठाउँ उचाईमा पर्दछ ।

कामै शुरु नगरेपछि कार्यालयमा बोलाएर केरकार गर्दा बाँकी समयमा काम सक्छु भन्ने २२ महिनाको कार्ययोजना पेश गरेको, पाइप ल्याउन भारतीय उद्योगमा गएको फोटो र एलसी खोलेको कागजात देखाएपछि आयोजनाले काम गर्न सक्नेमा विश्वास गरेको ई. थापाले बताए । ई. थापाले हनुमन्ते र मनोहरा खोला किनारमा स्थानीय र प्रदेश सरकारबाट काम गर्ने वातावरण नबनेकाले काममा अप्ठ्यारो परेको समेत बताए । जबसम्म खानेपानी र सरसफाईलाई अत्यावश्यक श्रेणीमा राखेर कानुन बनाइँदैन त्यसबेलासम्म यो क्षेत्रमा अपेक्षा गरे अनुसार प्रगति हुन सक्दैन, ई. थापाको भनाई छ ।

शैलुङ जेभीका प्रोजेक्ट म्यानेजर ईन्जिनियर राजेन्द्र महर्जनले सन् २०१९ मार्च २७ मा ३० महिनामा काम सक्ने भनी आयोजनासँग सम्झौता भएको र सन् २०२० को जनवरी २० देखि कामले गति लिने बताए । उनले यो बीचमा पाइप उत्पादन र त्यसलाई स्वीकृत गराउने, आयोजनाको पुनः डिजाइन गर्ने र स्वीकृत गर्ने, पाइप बिछ्याउने ठाउँ खन्ने लगायतका परियोजनाको शुरुआतको पूर्वाधारका काम गत असारदेखि नै भइरहेको जानकारी दिए । परियोजनाका परामर्शदाताको निगरानीमा काम हुने, १६७ किमि पाइप बिछ्याउने र आरुबारीमा निर्माण हुने १२७० हजार लिटरको ओभरहेड ट्याँकी निर्माणको कामलाई समयमै सम्पन्न गर्ने उद्देश्यका साथ काम भइरहेको इन्जिनियर महर्जनले बताए ।