५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

मन्त्रीलाई गाडीमाथि गाडी, असफल मन्त्रीहरु गाडी किन्नेमै प्रतिस्पर्धामा

मन्त्रीलाई गाडीमाथि गाडी, असफल मन्त्रीहरु गाडी किन्नेमै प्रतिस्पर्धामा
अ+ अ-

जनकपुरधाम । प्रदेश २ सरकारले २२ महिनामा उपलब्धिमूलक काम खासै गर्न सकेको छैन। मन्त्रीहरूले सेवासुविधा र सुखसयलमा भने कुनै कमी राखेका छैनन्। उनीहरूले तीनवटासम्म सरकारी गाडी उपभोग गरिरहेका छन्। केही मन्त्रालयले नयाँ गाडी खरिद प्रक्रियासमेत अघि बढाएका छन्।

नयाँ गाडी प्रयोगमा ल्याएपछि पुरानोचाहिँ प्रशासनलाई बुझाउनुपर्ने हुन्छ। तर, उनीहरूले पुराना गाडी पनि छाडेका छैनन्। मुख्यमन्त्री लालबाबु राउतले मात्रै नयाँ किनिएको ज.१झ ४५६ नम्बरको एउटा गाडी प्रयोग गर्छन्। आर्थिक मामिलामन्त्री विजय यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दुवै गाडी चलाउँदै आएका छन्। उनीहरूले पुरानो गाडी आफन्त, परिवार र कार्यकर्ताको प्रयोगमा दिएको खुलेको छ। मन्त्री साहले नयाँ गाडी ज.१झ ४४६ र एउटा अर्को प्रयोग गरिरहेका छन्। कानुनमन्त्री यादवले ज.१झ ४४२ नम्बरको गाडी प्रयोग गरिरहेका छन्।

महँगो गाडीको मोहप्रति वन राज्यमन्त्री सुरेश मण्डलले सार्वजनिक रूपमा विरोध जनाएका छन्। उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत त्यसमा असहमति जनाए।

‘प्रदेश २ सरकारमा काम न काजका दुस्मन अनाजका भनाइ चरितार्थ हुँदै छ। प्रदेश सरकारका कामकाजमा सिन्कासम्म भाँच्न नसकेका असफल मन्त्रीहरू महँगो गाडी किन्ने अस्वस्थ प्रतिस्पर्धामा जुटेका छन्। एक वर्षअघि मात्र किनेको गाडी पुरानो पनि भएको छैन। गाडीको कन्डिसन पनि बहुतै राम्रो छ। प्रदेश सरकारको कामकाजको लागि काफी नै छ। बक्यौता रकम तिर्न बाँकी नै छ तर पनि मन्त्री पदको दुरुपयोग गर्ने, यस महत्वपुर्ण जिम्मेवारीलाई सुखसयल र मोजमस्तीको रूपमा लिने कतिपय मन्त्रीहरू गाडीको मोडेल हेर्न ब्रोसर पल्टाउँदै र सोरुम धाउँदै दिन बिताइरहेका छन्’, उनले फेसबुकमा लेखेका छन्, ‘दोस्रो चौमासिक बित्न लाग्दा हालसम्म नयाँ योजना र कार्यक्रमसमेत बनाउन नसकेका र गत आवका उपभोक्ताको समस्या समाधान गर्नतिर लाग्नुपर्नेमा प्रदेश र जनताको पैसा फजुल खर्च गर्नतिर राज्यमन्त्रीहरूलाई समेत छलेर भ्रष्ट कर्मचारीको मिलेमतोमा लाग्नु दुखद् हो।’

मन्त्री रायले राज्यमन्त्री मण्डलको आरोपको खण्डन गरेका छन्। ‘मन्त्रालयमा मन्त्री मात्र हुँदैनन्, त्यहाँ विभिन्न निर्देशनालय हुन्छन्। तिनमा कर्मचारीलाई काम गर्न गाडी आवश्यक हुन्छ’, मन्त्री रायले भने। आफ्नो मन्त्रालयबाट निर्देशनालयकै कामका लागि गाडी खरिद गर्न लागिएको उनको भनाइ छ। ‘हाम्रो राज्यमन्त्री आफैं सरकारी सुविधा उपभोग पनि गर्छन् र आफैं विरोध पनि’, उनले भने, ‘उनको यो दोहोरो नीति मैले बुझ्न सकेको छैन।’

प्रदेशका कर्मचारी मन्त्रीहरूको गाडी मोहले दिक्क छन्। सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘गाडी किन्ने र आफन्तसँग घुमफिरबाहेक मन्त्रीज्यूहरूले खासै काम गरेका छैनन्।’

आव २०७५/७६ मा मुख्यमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालय र प्रदेशसभाका लागि गाडी खरिदमा ३५ करोडभन्दा बढी रकम खर्च भएको थियो। तर, ती गाडी एक वर्ष नपुग्दै पुरानो भएको ठहर गरी प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय, वन तथा पर्यटन मन्त्रालयले नयाँ खरिद प्रक्रिया थालेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ४ करोड ५२ लाख ३० हजार, आर्थिक मामिला तथा योजना मन्त्रालयले ३ करोड ८५ लाख ४४ हजार रुपैयाँ गाडी खरिदमा खर्च गरेका थिए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २ करोड ८४ लाख ४० हजार, उद्योग पर्यटनले २ करोड ४० लाख ७५ हजार, कृषिले २ करोड ५२ लाख २३ हजार, भौतिक पूर्वाधारले २ करोड ४४ लाख ९२ हजार, सामाजिक विकासले २ करोड १७ लाख ६४ हजार रुपैयाँ गाडी किन्न खर्च गरेका थिए।

प्रदेशसभाले ९ करोड ७७ लाख ७७ हजार, प्रदेश नीति आयोगले २ करोड ७१ लाख ४८ हजार, मुख्य न्यायाधिवक्ता कार्यालयले १ करोड ४ लाख ८२ हजार, प्रदेश प्रहरी कार्यालयले ४२ लाख ७५ हजार, वन अनुसन्धान केन्द्रले २ लाख ९८ हजार र पशुपन्छी निर्देशनालयले २ लाख ५० हजार रुपैयाँ खर्चिएको तथ्यांक प्रदेश लेखानियन्त्रकको कार्यालयसँग रहेको समाचार अन्नपुर्ण पोष्ट दैनिकले समाचार प्रकाशित गरेका छ ।