५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

पौडेल पक्षधरलाई कटाक्ष गर्दै देउवाले भने : ‘निहुँ खोज्दै गए महाधिवेशन गर्दैन’

पौडेल पक्षधरलाई कटाक्ष गर्दै देउवाले भने : ‘निहुँ खोज्दै गए महाधिवेशन गर्दैन’
अ+ अ-

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पार्टीलाई एक बनाउन तयार रहेको तर अरूले निहुँ खोज्न थाले ‘नछाड्‌ने’ बताएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरलाई लक्षित गर्दै निहुँ खोज्दै गए महाधिवेशनसमेत तोकिएको समयमा नगर्ने चेतावनी दिएका छन् ।

पार्टीमा चर्केको विवाद निरूपणका लागि आग्रह गर्न प्रजातान्त्रिक विचार समाजका पदाधिकारी शुक्रबार देउवाकहाँ पुगेका थिए । त्यस क्रममा पौडेलले विधानविपरीत जिल्ला सभापतिहरूको भेला बोलाएको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए । ‘हारेको सभापति (पौडेल) ले बोलाएको भेला वैध छ ?’ उनले भने, ‘म एकोहोरो खालको मान्छे हो । यो नेचर कसैले भनेर परिवर्तन हुन्छ र ?’

सभापति देउवाले सबैलाई समेटेर लैजान खोज्दाखोज्दै काम गर्न नदिइएको गुनासोसमेत गरेका छन् । पुस ११ को केन्द्रीय कार्यसमिति बैठकले पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिष्कारका बीच महाधिवेशनको कार्यतालिका, कार्यविधि, केन्द्रीय कार्यसमिति र तरुण दलको म्याद थप, विभागको संख्या थप र विधानका केही दफा निलम्बन गर्ने निर्णय गरेपछि आन्तरिक तिक्तता चुलिएको छ । कांग्रेसको महाधिवेशन ०७७ फागुन ७–१० गते हुने गरी तालिका ल्याइएको छ । देउवाले समाजसँग विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक पार्टीसँगको एकीकरणका कारण कार्यकाल अझै लम्ब्याउन सकिने स्थिति रहेको पनि बताए । ‘तर, म त्यसो गर्दिनँ,’ उनले भने ।

देउवाले पुस ११ गते सहमतिकै आधारमा निर्णय भएको दाबी गरे । ‘धेरै विषयमा सहमति भएको थियो । बैठकमा आएर सहमति नभएका विषयमा परक मत लेखेको भए हुन्थ्यो तर बैठकमा नआएपछि मलाई दुःख लागेको छ,’ उनले समाजको टोलीसँग दुःखेसो पोखेका थिए । समाजका अध्यक्ष केदारनरसिंह केसीको नेतृत्वमा गएको टोलीले सरकारका निरंकुश कदमविरुद्ध सडक संघर्ष गर्न सुझाउँदा देउवाले ‘सडकमा गए पनि साथीहरूले विरोध गर्छन्, तपाईंहरूले पनि साथ दिने होइन, मेरो विरोध गर्ने त हो’ भन्ने जवाफ दिएका थिए ।

लोकतान्त्रिक संस्था र उपलब्धिलाई कमजोर बनाउने काम भइरहेको भन्दै समाजले कांग्रेसभित्रको झगडाबाट सरकारलाई थप बल पुग्ने हुनाले पार्टीको बृहत् एकताका लागि तत्काल पहल गर्न देउवालाई आग्रह गरेको थियो । ‘निर्वाचन परिणामले प्राविधिक रूपमा प्रतिपक्षमा रहे पनि संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र संविधान कार्यान्वयन गर्ने राजनीतिक रूपमा कांग्रेसकै मूल जिम्मेवारी हो,’ देउवालाई सम्बोधन गर्दै दिइएको पत्रमा समाजले भनेको छ, ‘विडम्बना कांग्रेस आफैंभित्र अलमलिएको छ । लोकतन्त्रको रक्षाकबच भएर उभिनुपर्ने बेला कांग्रेस घरभित्रकै खिचातानीमा अल्झिएको छ ।’

समाजका अध्यक्ष केसीले प्रजातान्त्रिक संघसंस्थाका पूर्वअध्यक्षहरूको छलफलबाट प्राप्त सुझावलाई समेटेर सभापति देउवाको ध्यानाकर्षण गराइएको बताए । ‘कांग्रेस माया गर्ने आम पंक्तिमा छाएको निराशा बदल्न पार्टी नेतृत्वले अविलम्ब अग्रसरता लिन सकोस् भनेर हामीले सभापतिलाई भेटेका हौं,’ उनले भने, ‘उहाँसँग हाम्रो ठाडठाडै कुराकानी भयो ।’

समाजका पदाधिकारीहरूले सरकारले संघीयता र संविधानको मर्मविपरीत ल्याएका विधेयकहरूको विरुद्धमा सडक र सदनमा प्रभावकारी भूमिका खेल्नुपर्ने बेला कांग्रेसभित्रको झगडाले विषयान्तर गर्न खोजेको भन्दै देउवाको ध्यानाकर्षण गराएका थिए । ‘कांग्रेसले सशक्त प्रतिवाद गर्नुपर्थ्यो तर सकिरहेको छैन । यसतर्फ पार्टीले गम्भीर रूपमा सोच्नु आवश्यक छ,’ केसीले भनेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।