• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक ★   संविधान संशोधनमा सहमत हुने दलहरुलाई ओली नेतृत्व सरकारमा समावेश गरिने ★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस ★   एमाले अध्यक्ष ओली बालुवाटारमा ★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक

उपसभामुख तुम्बाहाङफेको पद खोसिने, नेकपाले गर्यो यस्तो निर्णय



काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेको पद खोसिने भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङफेको राजीनामा माग्ने निर्णय गरेको हो।

शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सभामुख पद लिन तुम्बाहाङफेलाई राजीनामा गराउने तयारी गरेको हो। सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने संवैधानिक व्यवस्था छ। सभामुख पद लिन नेकपालाई उपसभामुख पद छाड्नुपर्ने बाध्यता छ।

निवर्तमान सभामुख महराले दोष खेप्दा तुम्बाहाङफेको पद धरापमा देखिएको छ। सभामुख पद लिन उपसभामुख छाड्ने निष्कर्षमा नेकपा नेतृत्व पुगिसकेको छ।