• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

पृथ्वी जयन्तीमा पूर्वराजाको विज्ञप्ती: सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डता र स्वाभिमानलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयलाई विवादमा पार्ने प्रयास कतैबाट हुन नहुने बताएका छन् । २९८औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा शनिबार साँझ विज्ञप्ति जारी गर्दै पूर्व राजा शाहले राष्ट्रिय अखण्डता र स्वाभिमानलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट हुन नहुने बताए ।

Hop in for a free ride with

‘राष्ट्र नायकहरूको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने ?,’ उनले भनेका छन्, ‘राष्ट्रिय अखण्डता र स्वाभिमानलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट हुनु हुँदैन ।’ शाहले विज्ञप्तीमा हिमाल, पहाड र तराई मिलेर बनेको नेपाल राज्य स्वतन्त्र, शान्त, अभिभाज्य र अखण्ड रहनुपर्ने समेत उल्लेख गरेका छन् ।

यस्तै मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अभिभाज्य र अखण्ड रहनुपर्नेमा समेत उनले जोड दिएका छन् । विज्ञप्ती मार्फत उनले देशको सिमा रक्षाका लागि पर्याप्त पहल नभएको भन्दै सबै भूभागको रक्षा र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास समेत हुनु पर्ने भनेका छन् । ‘सत्य कहिल्यै हार्दैन, स्वाभिमान कहिल्यै मर्दैन’ भन्दै पूर्व राजा शाहले सत्यको कुनै न कुनै दिन जित हुने समेत भनेका छन् ।

उनले जनमानसमा के छ र के भइरहेको छ सबैमा स्पष्ट रहेको विज्ञप्तीमा भनेका छन् । उनले पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू आधुनिक नेपाल निर्माणको प्रक्रियामा आज पनि उतिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।