११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

एआईमा भारतको लगानी: दुई वर्षमा २०० अर्ब डलरभन्दा बढीको सम्भावना

एआईमा भारतको लगानी: दुई वर्षमा २०० अर्ब डलरभन्दा बढीको सम्भावना
अ अ+ अ-

नयाँ दिल्ली। भारतका इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले मङ्गलबार आगामी दुई वर्षमा देशमा कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा २०० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी हुने सम्भावना रहेको बताउनुभएको छ ।

मन्त्री वैष्णवले उक्त जानकारी भारत ‘कृत्रिम बौद्धिकता प्रभाव सम्मेलन २०२६’ को अवसरमा प्रेस सम्मेलनमा साझा गर्नुभएको थियो । उहाँले सम्मेलनमा देशभरका मानिसहरूको ठूलो सहभागिता देखिएको उल्लेख गर्नुभयो । यस सम्मेलनले भारतमा कृत्रिम बौद्धिकता क्षेत्रको महत्व र सम्भावनालाई व्यापक रूपमा प्रस्तुत गरेको छ ।

उहाँले थप भन्नुभयो,“विश्वका प्रमुख कम्पनीका कार्यकारीहरूले नयाँ प्रविधि सम्बन्धी स्टार्टअप तथा पूर्वाधार परियोजनामा उच्च रुचि देखाइरहेका छन् । यसले भारतमा प्रविधि क्षेत्रको वृद्धि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।”

वैष्णवले सम्मानजनक शैलीमा भारतले विश्वका नेताहरूबीच कृत्रिम बौद्धिकताको सही र जिम्मेवार प्रयोग सुनिश्चित गर्न पहल गर्ने जोड दिनुभयो । यसले कृत्रिम बौद्धिकतालाई मानव समाजको भलोमा प्रयोग गर्न मद्दत पु¥याउने उहाँको विश्वास रहेको छ ।

मन्त्रीले भन्नुभयो,“ हालको अवस्थामा कृत्रिम बौद्धिकता प्रणालीमा केही चुनौती र कठिनाइहरू अवश्य छन् । उहाँले ती समस्याहरू प्रविधि र कानूनी उपायहरू मार्फत समाधान गर्न आवश्यक रहेको स्पष्ट गर्नुभयो ।” यसले मात्र एआई प्रणालीको दिगो र उत्तरदायी विकास सम्भव हुने उहाँको भनाइ थियो ।

वैष्णवले सम्मेलनमा सहभागी सबैलाई आभार व्यक्त गर्दै यस्तो सम्मेलनले देशमा नयाँ सोच र नवप्रवर्तनको वातावरण सिर्जना गर्ने र कृत्रिम बौद्धिकता क्षेत्रलाई अझ समृद्ध बनाउने बताउनुभएको छ । (रासस÷सिन्ह्वा)