११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

‘निर्वाचन आचारसहिंता सबैले पालना गर्नुपर्छ’

‘निर्वाचन आचारसहिंता सबैले पालना गर्नुपर्छ’
अ अ+ अ-

पर्सा। व्यक्ति विशेषले मात्रै नभएर निर्वाचन आचारसंहिता सबैले पालना गर्न सके प्रभावकारी हुने सरोकारवालाले बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)को ६५औँ वार्षिकोत्सवको अवसरमा वीरगञ्ज कार्यालयद्वारा आज यहाँ आयोजित “निर्वाचन आचारसंहितामा सञ्चार” विषयक अन्तरक्रियाका वक्ताहरूले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन निर्वाचन आयोग, स्थानीय प्रशासन, उम्मेदवार, सञ्चार माध्यमले मात्रै नभएर सम्पूर्ण निकायले निर्वाचन आचारसंहिता पालना  गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा पर्साका प्रमुख जिल्ला अधिकारी  भोला दाहालले निर्वाचन आचारसंहिता एउटा उम्मेदवार, व्यक्ति, सङ्घ संस्था, सरकारी निकाय तथा सञ्चारमाध्यमले मात्रै नभएर सम्पूर्ण सरोकारवाला निकायले पालना गर्नुपर्ने वृहत्तर विषय भएको बताउनुभयो ।

“निर्वाचन भनेको महाअभियान हो । त्यसैले सबैले आ–आफ्नो ठाउँबाट निर्वाचनलाई स्वच्छ, निष्पक्ष र तटस्थता कायम गर्दै अघि बढ्न जरुरी छ,” उहाँले भन्नुभयो, “निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गरेको खण्डमा धेरै हदसम्म आचारसंहिता उल्लङ्घनका गतिविधिलाई निरुत्साहित गर्न सकिन्थ्यो ।”

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ पर्साका निर्वाचन अधिकृत मधुसुदन आचार्यले  पर्साको निर्वाचन क्षेत्र नं २ मा लिखितभन्दा मौखिक उजुरी आउने गरेको बताउनुभयो । “प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका मौखिक उजुरी आउने गरेका छन्,” उहाँले भन्नुभयो, “हामीले मौखिक उजुरीलाईभन्दा प्रमाणसहित लिखित उजुरी ल्याउन अनुरोध गर्दै आइरहेका छौँ । निर्वाचन आचारसंहिता विपरीत आएका उजुरीलाई प्रथामिकतामा राख्दै आवश्यक प्रक्रिया अघि बढाएका छाँै ।”

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठले सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण आमसञ्चारमाध्यमलाई प्रभाव पार्ने गरेकाले सोतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

पर्साका सहायक प्रजिअ तथा निर्वाचन आचारसंहित अनुगमन अधिकृत विनोदकुमार पोखरेलले निर्वाचनसँग सरोकार राख्ने २४ वटा निकाय रहेकाले सबै निकायले आ–आफ्नो ठाउँबाट निर्वाचनलाई भयरहित र शान्तिपूर्ण सम्पन्न गराउन समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारीले पत्रकार तथा सञ्चारमाध्यमले पनि निर्वाचन आचारसंहिता पालना गरेर समाचार सङ्कलन तथा सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जराले स्थानीय प्रशासनले पनि भयरहित वातावरणमा निर्वाचन हुने वातावरण तयार पार्नुपर्ने बताउनुभयो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले राससको औचित्य अझै पनि उत्तिकै भएकाले निष्पक्षता र स्वच्छ छविलाई अझै तिर्खार्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

वीरगञ्जका वरिष्ठ पत्रकार कन्हैयालाल केशरीले पर्सामा खुला सीमा नाका भएकाले निर्वाचनको समयमा चोरी तस्करी र घुसपैठ हुनेतर्फ सचेत र सजग रहन स्थानीय प्रशासनलाई अनुरोध गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालले राससले सरकारी समाचारमात्रै नभएर, निजी क्षेत्र र आर्थिक क्षेत्रका समाचारलाई उत्तिकै प्रथामिकता दिँदै प्रकाशन तथा प्रसारण गर्नुपर्ने धारणा राख्नुभयो । ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले निर्वाचन आचारसंहितलाई सबैले पालना गरेर निर्वाचनलाई सभ्य र भव्यरूपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय समाचार समिति वीरगञ्ज कार्यालय प्रमुख हिमाल लम्सालले सञ्चारमाध्यमले निर्वाचन प्रक्रियाको सुरुदेखि अन्त्यसम्मका समाचार सङ्कलन,प्रकाशन तथा प्रसारण गर्दा मिडिया झनैं संवेदनशील र जिम्मेवार हुनुपर्ने बताउनुभयो ।रासस
—