१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

अधिकांश मन्त्रालयको दोस्रो चौमासिक कार्यप्रगति निराशाजनक

अधिकांश मन्त्रालयको दोस्रो चौमासिक कार्यप्रगति निराशाजनक
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै २१ वटै मन्त्रालयलाई ताकेता गर्दै दोस्रो चौमासिक कार्यप्रगति विवरणलाई परिणाममुखी बनाउन निर्देशन दिएको छ । साथै, प्रधानमन्त्री कार्यालयले दोस्रो चौमासिक कार्यप्रगतिको प्रारम्भिक समीक्षासमेत थालेको छ । अधिकांश मन्त्रालयको दोस्रो चौमासिक कार्यप्रगति विवरणसमेत अपेक्षाकृत हुन नसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । चालूृ आर्थिक वर्ष २०७६/७७ को पहिलो चौमासिक प्रगति विवरणमा अधिकांश मन्त्रालयको नतिजा राम्रो नआएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालयलाई दोस्रो चौमासिकमा भने नतिजा राम्रो ल्याउन ताकेता थालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ मंसिरमा मन्त्री तथा सचिवलाई निर्देशन दिँदै दोस्रो चौमासिकमा राम्रो नतिजा प्राप्त गर्न सोहीअनुसार रणनीति बनाएर अगाडि बढ्न आग्रह गरेका थिए । प्रधानमन्त्रीले त्यस्तो आग्रह गरे पनि अधिकांश मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वले आफ्नो मन्त्रालयको कामलाई दु्रत गतिमा अगाडि बढाउन नसकेको पाइएको छ ।

प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयको कार्य जिम्मेवारीअनुसार प्रभावकारी रूपमा कार्य गरे/नगरेको बारेमा नियमित रूपमा नै अनलाइन मनिटरिङ गर्ने कार्यलाई जारी राख्दै आइरहेको छ । प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार मन्त्रालयमा धेरै मन्त्री जागिरेजस्तै बन्दा कामको परिणाम निस्कन नसकेको हो ।

राम्रो प्रगति ल्याउन ताकेता गर्दै प्रधानमन्त्री कार्यालय: ‘परिणाम निकाल्न मन्त्रीहरू अहोरात्र खटिनुपर्छ, उनीहरूले जागिरे मनस्थिति त्यागेर काममा खट्नुपर्छ र कर्मचारीलाई पनि सोहीअनुसार खटाउन सक्नुपर्छ,’ ती अधिकारीले भने । धेरै सचिव कामचोर देखिँदा पनि समस्या आएको ती अधिकारीले बताए । मन्त्री र सचिवलाई अव नियमित अनुगमन गर्न जरुरी रहेको उनको भनाइ छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता यमलाल भुसालले मन्त्रालयको दोस्रो चौमासिक कार्यप्रगति विवरणबारे समीक्षा थालिएको बताए ।

मुख्य सचिवले आवश्यकताअनुसार सचिवलाई बोलाएर मन्त्रालयको कार्यप्रगति सन्तोषजनक बनाउन निर्देशन दिने गरेको प्रवक्ता भुसालले बताए । ‘मुख्य सचिवज्यूले आवश्यकताअनुसार सचिव बैठक राखेर मन्त्रालयको कार्यप्रगतिलाई राम्रो बनाउन निर्देशन दिन थाल्नुभएको छ,’ प्रवक्ता भुसालले भने । प्रधानमन्त्री कार्यालयका अनुसार विकास निर्माण र सेवाप्रवाहसँग सम्बन्धित मन्त्रालयलाई बढी ताकेता थालिएको छ । जसअनुसार भौतिक पूर्वाधार तथा यातायात, अर्थ, सहरी विकास, गृह, भूमिसुधार, कृषि, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, संघीय मामिला तथा सामान्य प्रशासनलगायतका मन्त्रालयलाई बढी जिम्मेवार बनाउनेगरी ताकेता गरिएको छ ।

प्रधानमन्त्री कार्यालयकै ताकेताअनुसार हाल काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्टाखुल्टी पुर्ने कार्यले तीव्रता पाएको छ । सडकको अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ स्वयं हिँड्न थालेपछि परिणाम राम्रो देखिन थालेको हो । सर्वसाधारणले मन्त्रालयका जिम्मेवारीअनुसार काम भए नभएको बारे सम्बन्धित मन्त्री र सचिव आफैं अनुगमनमा जाँदा राम्रो हुने सुझाव दिँदै आएका छन् ।

गुनासो सम्बोधन गर्न ‘क्यूआरटी’: प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालय र मातहतका निकायलाई जिम्मेवारपूर्वक कार्य गराउन र गुनासो सम्बोधन गराउन क्विक रेस्पोन्स टिम (क्यूआरटी) गठन गरी सक्रिय पारेको छ । प्रधानमन्त्री कार्यालयका सहसचिवको नेतृत्वमा रहेको सो टिममा विभिन्न मन्त्रालय र निकायका प्रतिनिधिको संलग्नता रहेको छ । प्रधानमन्त्री कार्यालयकै विभिन्न उपसचिवको नेतृत्वमा उपसमिति बनाएर कामबारे अनुगमन गर्न फिल्डमा खटाइएको कार्यालयका प्रवक्ता भुसालले जानकारी दिए ।

विभिन्न मन्त्रालयले गर्ने कार्यको नतिजाबारे भने प्रधानमन्त्री कार्यालयकै सचिव डा. तीर्थ ढकालको नेतृत्वमा रहेको समूहले विश्लेषण गरिरहेको छ । यसैगरी, कार्यालयका भौतिक पूर्वाधार हेर्ने सचिव महेन्द्र गुरागाई नेतृत्वको टिमले भने काठमाडौं उपत्यकाको भौतिक अवस्था तथा भौतिक पूर्वाधार मन्त्रालयको कार्यजिम्मेवारीबारे विश्लेषण गरिरहेको छ । प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयसँग कार्यप्रगति विवरणसमेत मागेर अध्ययन– विश्लेषण गर्ने तयारी भइरहेको प्रवक्ता भुसालले जानकारी दिए । राजधानी दैनिकबाट