१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी

गुणस्तरीय शिक्षाका लागि शांकरी स्कुलको योगदान महत्वपूर्ण: मन्त्री गुरुङ

गुणस्तरीय शिक्षाका लागि शांकरी स्कुलको योगदान महत्वपूर्ण: मन्त्री गुरुङ
अ अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गुणस्तरीय शिक्षाका लागि शांकरी स्कुलको योगदान महत्वपूर्ण रहेको बताएका छन् । शांकरी स्कुलको छैटौं अभिभावक दिवस उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालको शैक्षिक क्षेत्रको गुणस्तर उकास्न निजी क्षेत्रको महत्वपूर्ण योगदान गरेको बताएका हुन् ।

गुणस्तरीय शिक्षा पाउनु हरेक बालबालिकाको नैसर्गिक अधिकार भएको भन्दै उनले सबै किसिमका बालबालिकाको अधिकार सुनिश्चित गर्न बालबालिका ऐन संशोधन गर्ने तयारीमा सरकार रहेको जानकारी दिए । बालबालिकाको उज्ज्वल भविष्यबाट मात्र मुलुकको सर्वांगीण विकास सम्भव हुने भन्दै मन्त्री गुरुङले शिक्षा क्षेत्रमा योगदान दिएका सबैलाई सरकारले समान रूपमा हेर्ने समेत बताए ।

समृद्ध नेपाल, सुखी नेपालीको अभियानअनुसार अघि बढेको सरकारले महिला, बालबालिका र ज्येष्ठ नागरिकको अधिकार र सम्मानका लागि यथोचित कदम चाल्नेसमेत उनले बताए ।स्कुलका अध्यक्ष तथा सीईओ विदुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक अनन्त बाबु राईले शांकरीले गुणस्तरीय मात्र नभई व्यावहारिक शिक्षामा जोड दिइरहेको बताए । काठमाडौंको प्रज्ञा भवनको मुख्य हलमा विद्यार्थीले सांगीतिक प्रस्तुति दिएका थिए । राजधानी दैनिकबाट