१९ श्रावण २०८३, मंगलवार
,
Latest
सुदूरपश्चिमका विकास आयोजना र स्थानीय समस्या समाधान गर्न रास्वपा सांसदहरूको प्रधानमन्त्रीसँग आग्रह गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्दा पनि सशक्त बनाउनु मुख्य विषयः सांसद पोखरेल मुलुकका पाँच सडकखण्ड अवरुद्ध बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु सुनसरीसहित पूर्वी मधेसको धार्मिक तनावबारे निष्पक्ष अनुसन्धान गर्न कांग्रेस सचेतक राईको माग राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहनुपर्ने कानूनमन्त्रीको अडान नेपाल राष्ट्र बैंक ऐन संशोधनः सञ्चालक समितिको संरचनामा सहमति, तीन स्वतन्त्र सदस्यमध्ये एक महिला अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूद्वारा संसदको शपथ ग्रहण



अ+ अ-

एजेन्सी । बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूले मङ्गलबार संसदको शपथ लिएका छन् । उनीहरु सन् २०२४ को घातक विद्रोह पछि पहिलो पटक निर्वाचित प्रतिनिधि हुन ।

शेख हसिनाको निरंकुश सरकार अपदस्द भए देखि १८ महिना सम्म देश चलाएको अन्तरिम सरकारबाट रहमानले पदभार ग्रहण गर्ने तयारी गरेको जनाइएको छ ।

बङ्गलादेशका नव निर्वाचित सांसदहरूलाई मुख्य निर्वाचन आयुक्त ए. एम. एम नासिर उद्दीनले शपथ खुवाएको जनाइएको छ ।

बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का सांसदहरूले रहमानलाई औपचारिक रूपमा आफ्नो दलको नेताको रूपमा निर्वाचित गर्ने अपेक्षा गरिएको छ । यसै बिच राष्ट्रपति मोहम्मद साहाबुद्दिनले मङ्गलबार दिउँसो प्रधानमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ खुवाउने अपेक्षा गरिएको छ ।

देशको सबैभन्दा शक्तिशाली राजनीतिज्ञ तथा बिएनपीका प्रमुख ६० वर्षीय रहमानको समुहले फेब्रुअरी – १२ को चुनावमा जित हासिल गरेको थियो ।

रहमानले लामो समयको उथल पुथल पछि स्थिरता पुनस्र्थापना गर्ने र विकासलाई पुनर्जीवित गर्ने प्रतिवद्धता गर्दै वर्षौँको कडा प्रतिद्वन्द्विताले ध्रुवीकृत भएको देशमा सबै दलहरूलाई “एकजुट रहन“ पनि आह्वान गर्नु भएको छ ।

शान्तिपूर्ण विपक्ष

रहमानको जितले ढाकाको राजनीतिक आँधीबेहरीबाट टाढा रहेर बेलायतमा १७ वर्षको निर्वासन पछि डिसेम्बरमा बङ्गलादेश फर्केका मानिसका लागि उल्लेखनीय परिवर्तनको सङ्केत गरेको जनाइएको छ ।

बिएनपी गठबन्धनले एक चौथाइ भन्दा बढी २१२ सिट जितेको छ भने जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनले ७७ सिट जितेको छ ।

जमातका नेता शफिकुर रहमानले पनि इस्लामवादी पार्टीले “सतर्क, सैद्धान्तिक र शान्तिपूर्ण विपक्षको रूपमा काम गर्ने“ बताउनु भएको छ ।

अपदस्त नेता हसिनाको अवामी लिग पार्टीलाई भने चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको थियो ।

मानवता विरुद्धको अपराधका लागि मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले भारतमा लुकेर चुनावको निन्दा गर्नु भएको थियो ।

यद्दपी भारतले बीएनपीको “निर्णायक जीत“ लाई –गहिरो तनावपूर्ण सम्बन्ध बिच उल्लेखनीय परिवर्तनको आधा भन्दै प्रशंसा गरेको जनाइएको छ ।