२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागमा पदक जित्ने खेलाडीलाई रिलायन्सको सम्मान



अ+ अ-

बुढानिलकण्ठ ११ कपन स्थित रहेको रिलायन्स पब्लिक स्कुलले आफ्नो सप्ताहव्यापी खेलमहोत्सव समापनको अवसर पारेर १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जित्न सफल खेलाडीहरुलाई सम्मान प्रदान गरेको छ । विद्यालयमा आयोजित उक्त कार्यक्रममा सागमा कराँते तर्फ स्वर्ण जित्ने अनु अधिकारी, बास्केटबल मार्फत रजत जित्ने माया स्याङ्गतेन र व्याडमिन्टन तर्फ कास्य पदक जित्ने जेसिका गुरुङ्ग गरी तिन जनलाई नगद सहित सम्मान गरेको हो ।

प्रमुख अतिथिका रुपमा रहेका राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष, ओलम्पियन तथा प्रदेश सभासद समेत रहेका सुरेन्द्र हमाल, ओलम्पियन पुष्पराज ओझा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा,नेपाल, बास्केटबल संघका उपाध्यक्ष नरेन्द्र थापा, खेलकर्मी नविन पाण्डे, जिखेविस काठमाडौंका निर्वतमान उपाध्यक्ष दामोदर भट्टराइ (बद्री) बक्सिङ्गका वरिष्ठ प्रशिक्षक ओम मास्के ,रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापा लगायतले खेलाडीहरुलाई सम्मान प्रदान गरेका थिए ।

विद्यालयका प्रधाअध्यापक बसन्त लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका विभिन्न खेलमा विजयी खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।