३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागमा पदक जित्ने खेलाडीलाई रिलायन्सको सम्मान



अ+ अ-

बुढानिलकण्ठ ११ कपन स्थित रहेको रिलायन्स पब्लिक स्कुलले आफ्नो सप्ताहव्यापी खेलमहोत्सव समापनको अवसर पारेर १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक जित्न सफल खेलाडीहरुलाई सम्मान प्रदान गरेको छ । विद्यालयमा आयोजित उक्त कार्यक्रममा सागमा कराँते तर्फ स्वर्ण जित्ने अनु अधिकारी, बास्केटबल मार्फत रजत जित्ने माया स्याङ्गतेन र व्याडमिन्टन तर्फ कास्य पदक जित्ने जेसिका गुरुङ्ग गरी तिन जनलाई नगद सहित सम्मान गरेको हो ।

प्रमुख अतिथिका रुपमा रहेका राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष, ओलम्पियन तथा प्रदेश सभासद समेत रहेका सुरेन्द्र हमाल, ओलम्पियन पुष्पराज ओझा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा,नेपाल, बास्केटबल संघका उपाध्यक्ष नरेन्द्र थापा, खेलकर्मी नविन पाण्डे, जिखेविस काठमाडौंका निर्वतमान उपाध्यक्ष दामोदर भट्टराइ (बद्री) बक्सिङ्गका वरिष्ठ प्रशिक्षक ओम मास्के ,रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापा लगायतले खेलाडीहरुलाई सम्मान प्रदान गरेका थिए ।

विद्यालयका प्रधाअध्यापक बसन्त लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका विभिन्न खेलमा विजयी खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।