४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

उत्पादन बढाउँदै सिंहदरवार वैद्यखाना

उत्पादन बढाउँदै सिंहदरवार वैद्यखाना
अ+ अ-

काठमाडौँ । सिंहदरबार वैद्यखाना फेरि लयमा फर्कन थालेको छ । विसं २०७७ देखि औषधि उत्पादनमा कमी आएकामा वैद्यखाना फेरि लयमा फर्कन थालेको हो ।

तीन वर्षदेखि कच्चापदार्थका लागि ठेक्का सम्झौता नहुँदा औषधि उत्पादन घटेकामा हाल औषधि उत्पादन बढाइएको वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक प्रदीप केसीले जानकारी दिनुभयो ।

“केही समय समस्या भएको थियो, हाल उत्पादन वृद्धिमा ध्यान दिएर लागेका छौँ । उत्पादन वृद्धिसँगै कारोबारमा बढाइरहेका छौँ”, उहाँले भन्नुभयो, “हाल सरकारी औषधालयमा मात्र रु दुई करोड बराबरको औषधि माग आएको छ ।”

कुनै बेला आम्दानीभन्दा २३३ प्रतिशत बढी खर्च हुने वैद्यखाना साउनयता नाफामा गएको कार्यकारी निर्देशक केसीले जानकारी दिनुभयो । समयमा कच्चापदार्थको आपूर्ति नहुँदा औषधि उत्पादन ठप्प भइरहेकामा पछिल्लो समय आन्तरिक समस्या समाधान गरेर उत्पादन वृद्धि गर्न लागेको उहाँले बताउनुभयो ।

विसं २०७७ मा १२ वटा मात्र औषधि उत्पादन गर्ने गरिएकामा हाल यहाँबाट ८६ प्रकारका औषधि उत्पादन भइरहेका छन् । तीमध्ये ३० वटा औषधि सरकारी औषधालयमा जाने गरेका छन् । “हामीले कच्चापदार्थ आपूर्तिका लागि २०८० पुसमा ठेक्का सम्झौता भएको थियो, तर ठेकेदारले कच्चापदार्थ नल्याएपछि कालोसूचीमा राख्यौँ । विसं २०८१ वैशाख नयाँ ठेक्का सम्झौता गरेर सोही वर्षको साउनयता औषधि उत्पादन भइरहेको छ”, कार्यकारी निर्देशक केसीले भन्नुभयो ।

वैद्यखाना निरन्तर घाटामा गएपछि सात महिनासम्म कर्मचारीले तलबसमेत नपाउने अवस्था आएको थियो । हाल नियमित औषधि उत्पादन भएर नाफामा गएपछि कर्मचारीले नियमित तलब पाइरहेका छन् ।

माग धान्नै गार्हो

वैद्यखानाको औषधिलाई सबैले रुचाएका कारणले हाल माग बढिरहेको र हाल करिब रु चार करोड बराबरको औषधिको माग रहेको केसीले बताउनुभयो । “देशभरिबाट नै औषधिको माग बढिरहेको छ, तर हामीले मागअनुसार उत्पादन गर्न सकेका छैनौँ । त्यसैले हाल सरकारीबाहेक अन्यलाई औषधि दिन सकिएको छैन”, उहाँले भन्नुभयो ।

कार्यकारी निर्देशक केसीले यस वर्षको अन्त्यसम्म ५० प्रतिशत सरकारी औषधालयमा औषधि पुर्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो ।

शिलाजित, च्यवनप्रास, निमिया (जोर्नी दुख्ने औषधि), चन्द्र प्रभावटी, महायोगराज, कान्चानार, त्रिफलालगायत औषधिको माग उच्च रहेको वैद्यखानाले जनाएको छ । हाल १५ वर्षदेखि रोकिएको स्वर्णभ्रष्म विन्दु फेरि उत्पादन सुरु गरिएको छ ।