२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी दूतावास ट्वान्टी-२० क्रिकेटको उपाधि काठमाडौँलाई



अ+ अ-

काठमाडौं । पाकिस्तानी दूतावासको आयोजनामा भएको पाँचौँ पाकिस्तानी दूतावास ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) ले जितेको छ ।

शनिबार भएको फाइनलमा केसिटिसीले इन्जिनियरिङ क्रिकेट क्लबलाई हराउँदै उपाधि जितेको हो। १० दिनसम्म सञ्चालन भएको प्रतियोगितामा राजधानीभित्र र बाहिरका गरी कुल १६ टोलीको सहभागिता थियो। पाकिस्तानी दूतावासले आयोजना गरेको प्रतियोगिताको यो पाँचौँ संस्करण हो। प्रतियोगिताकै कान्छा खेलाडी १४ वर्षे अंश अग्रवाललाई विशेष पुरस्कार दिइएको थियो। प्रतियोगिताको विजेता र उपविजेतालाई प्रमुख अतिथि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पुरस्कार प्रदान गरेका थिए ।

‘पाकिस्तानी दूतावासले प्रत्येक वर्ष आयोजना गर्ने यस प्रतियोगिताले नयाँ खेलाडीलाई आफ्नो क्षमता प्रमाणित गर्ने अवसर दिएको छ।साथै यो प्रतियोगिताले नेपाल–पाकिस्तानबीचको सम्बन्ध थप सुदृढ बनाउँछ,’चन्दले भने। त्यस्तै पाकिस्तानका राजदूत महजर जाबेदले पनि यस प्रतियोगिताले दुई राष्ट्रबीचको सम्बन्ध थप सुमधुर भएको बताए। साथै उनले नेपालमा पछिल्लो समय युवा पुस्तामाझ क्रिकेट खेलको लोकप्रियता बढेको भन्दै प्रशंसा गरे ।