३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी दूतावास ट्वान्टी-२० क्रिकेटको उपाधि काठमाडौँलाई



अ+ अ-

काठमाडौं । पाकिस्तानी दूतावासको आयोजनामा भएको पाँचौँ पाकिस्तानी दूतावास ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) ले जितेको छ ।

शनिबार भएको फाइनलमा केसिटिसीले इन्जिनियरिङ क्रिकेट क्लबलाई हराउँदै उपाधि जितेको हो। १० दिनसम्म सञ्चालन भएको प्रतियोगितामा राजधानीभित्र र बाहिरका गरी कुल १६ टोलीको सहभागिता थियो। पाकिस्तानी दूतावासले आयोजना गरेको प्रतियोगिताको यो पाँचौँ संस्करण हो। प्रतियोगिताकै कान्छा खेलाडी १४ वर्षे अंश अग्रवाललाई विशेष पुरस्कार दिइएको थियो। प्रतियोगिताको विजेता र उपविजेतालाई प्रमुख अतिथि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पुरस्कार प्रदान गरेका थिए ।

‘पाकिस्तानी दूतावासले प्रत्येक वर्ष आयोजना गर्ने यस प्रतियोगिताले नयाँ खेलाडीलाई आफ्नो क्षमता प्रमाणित गर्ने अवसर दिएको छ।साथै यो प्रतियोगिताले नेपाल–पाकिस्तानबीचको सम्बन्ध थप सुदृढ बनाउँछ,’चन्दले भने। त्यस्तै पाकिस्तानका राजदूत महजर जाबेदले पनि यस प्रतियोगिताले दुई राष्ट्रबीचको सम्बन्ध थप सुमधुर भएको बताए। साथै उनले नेपालमा पछिल्लो समय युवा पुस्तामाझ क्रिकेट खेलको लोकप्रियता बढेको भन्दै प्रशंसा गरे ।