• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’…. ★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु

२०२१ : समीक्षामा एक वर्ष



कोभिड–१९ महामारी

जनवरी १ देखि हालसम्म कोभिड–१९ बाट ३३ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । यो सन् २०२० को तुलनामा धेरै हो। सार्स–कोभ–टु को डेल्टा भेरियन्टले आफूलाई विश्वव्यापीरूपमा प्रभावशाली भेरियन्टको रूपमा स्थापित गर्‍यो। भारतमा मे ३ मा सङ्क्रमणको विनाशकारी दोस्रो लहर देखियो जसमा सङ्क्रमितको सङ्ख्या २७ लाख पुगेको थियो । अस्पतालको शय्या र सप्लिमेन्टल अक्सिजनको अभावले भारतमा अनावश्यक मृत्यु भयो र मे १७ मा मर्नेहरुको सङ्ख्या करिब २९ हजार पुग्यो। ब्राजिल र पेरुसहित धेरै ल्याटिन अमेरिकी देशहरूमा यस्तै परिदृश्य देखिए । २८ हजारभन्दा बढी केससहित अगस्ट १९ मा मेक्सिकोमा तेस्रो र सबैभन्दा गम्भीर लहर देखियो । सेप्टेम्बरदेखि युरोप कोभिड–१९ को चौथो लहरमा छ। दक्षिण अफ्रिकाले पनि सङ्क्रमणको चौथो लहरको अनुभव गरिरहेको छ । त्यहाँ नोभेम्बरमा पहिलो पटक ओमिक्रोन भेरियन्ट देखा पर्यो । यो अहिले विश्वव्यापीरुपमा फैलिरहेको छ । 

कोभिड–१९ खोप

चिकित्सकीय रुपमा स्वीकृत कोभिड–१९ खोपहरु प्राप्त गर्ने बेलायत विश्वको पहिलो मुलुक बनेपछि यो वर्ष कोभिड–१९ खोप तीव्ररुपमा सुरु भयो । जनवरी १ मा विश्वव्यापी रुपमा १० लाखभन्दा डोज दिइएको थियो र यो जुन २८ मा चार करोड ४० लाखभन्दा बढीले अगाडि गयो । मुलुक र उत्पादकहरुबीचको केही चर्को असहमतिका बावजुद डिसेम्बर ११ सम्म विश्वव्यापीरुपमा आठ अर्ब ४० करोडभन्दा बढी डोजहरु दिइएको छ । यद्यपि यो सङ्ख्याले खोपहरूको असमान व्यवस्थापनलाई देखाउँछ । जनवरीमा डब्लुएचओको १४८औँ सत्रमा महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले संसार विनाशकारी नैतिक असफलताको किनारमा रहेको चेतावनी दिए । खोपमा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको कोभ्याक्सले ले ६१ करोडभन्दा बढी खोपहरू पठाएको छ। तर आवर वर्ल्ड इन डाटाका अनुसार उच्च आय भएका देशहरूमा ७५ प्रतिशत जनसङ्ख्याले कम्तिमा एक डोज कोभिड–१९ खोप पाएका छन् । जबकि निम्न–मध्यम आय भएका देशहरूमा ४६ प्रतिशत र न्यून आय भएका देशहरूमा ७ प्रतिशतले मात्र यस्तो खोप पाएका छन् ।

ट्रम्प बाहिर : बाइडेन भित्र

जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाको ४६औँ राष्ट्रपतिका रूपमा जो बाइडेनको सपथ समारोहमा उपस्थित भएनन्। कमला ह्यारिसले उपराष्ट्रपतिका रूपमा सपथ लिइन् । उनी पहिलो महिला मात्र नभई यो पद धारण गर्ने पहिलो अश्वेत र एसियाली अमेरिकी पनि हुन्। राष्ट्रपति जो बाइडेनको पहिलो कार्य धेरै महत्त्वपूर्ण कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्नु थियो, जसमा पेरिस जलवायु सम्झौता र डब्ल्यूएचओमा पुनः सामेल हुनु समावेश थियो। बाइडेनले त्यसबेलादेखि जलवायु सङ्कटसँग लड्न आदेश जारी गरेका छन् भने घर तथा विदेशमा महिलाको स्वास्थ्यको रक्षा गर्ने ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् । साथै उनले एक खर्ब अमेरिकी डलरको कोभिड–१९ आर्थिक राहत प्याकेजको पनि प्रस्ताव गरेका छन् । 

इथियोपियामा द्वन्द्व र स्वास्थ्य

इथियोपियाको सरकारी सेना र टिग्रे पिपुल्स लिबरेसन फ्रन्टबीच एक वर्षभन्दा बढी समयदेखि सुरु भएको लडाइँले टिग्रेमा नगद, खाद्यान्न, इन्धन, औषधि र दूरसञ्चारसहित आपूर्तिको वितरणमा व्यवस्थित नाकाबन्दी देखियो । सहायता एजेन्सीहरूले हत्या, बलात्कार र स्वास्थ्य प्रणालीको विनाशलाई दस्तावेजीकरण गरे। अमेरिकी विदेशमन्त्री टोनी ब्लिन्केनले यो अत्याचारलाई जातीय सफाया भएको बताए। उत्तरी इथियोपियामा अनुमानित ९४ लाख मानिसलाई खाद्यान्न सहयोगको आवश्यकता र आपत्कालीन व्यवस्थाका लागि एक अर्ब २० करोड अमेरिकी डलरभन्दा बढी रकमको खाँचो छ । टिग्रेमा ५ वर्षमुनिका करिब आठ लाख ८८ हजार बालबालिकालाई पोलियोविरुद्धको र सात लाख ९० हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छैन । साथै त्यहाँ मानिसहरुलाई पेचिस, मलेरिया र स्क्याबिजको औषधिको आवश्यकता छ । छिमेकी क्षेत्र अम्हारामा झण्डै ३० हजार बिरामीको एचआइभी उपचार अवरुद्ध भएको छ भने तीन लाख ६० हजारभन्दा बढी बालबालिकाले पोलियो खोप पाएका छैनन् ।

बेलायती सहायता कटौतीको प्रभाव

नोभेम्बरमा बेलायत सरकारले सन् २०२० मा कूल राष्ट्रिय आयको ०.७ प्रतिशतबाट ०.५ प्रतिशतसम्मको विदेशी सहायता खर्चमा कटौती गर्यो । साथै यो कटौती कम्तीमा २०२४ सम्म जारी रहने पुष्टि गर्यो। चार अर्ब पाउण्डदेखि पाँच अर्ब पाउण्डसम्मको कटौतीले विश्वभरका मानिसहरूको जीवनलाई असर गर्नेछ । ती मानिसलाई वैदेशिक सहायता प्राप्त गर्ने परोपकारी संस्थाहरूले मद्दत गर्छन्। डब्ल्यूएचओ ग्लोबल पोलियो उन्मूलन पहल २०२० मा ११ करोड पाउण्डको तुलनामा ५० लाख पाउण्ड मात्र प्राप्त गर्नेछ। अन्तर्राष्ट्रिय उद्धार समितिले आफ्नो कोषमा सिरियाका लागि ७५ प्रतिशतसम्म र यमनका लागि १३ करोड ९१ लाख पाउण्डबाट आठ करोड ७२ लाख पाउण्डमा कटौती गर्नेछ । बेलायती सहायतामा हुने कटौतीले पाकिस्तानका ग्रामीण क्षेत्रका ११ हजार बालिकाहरु विद्यालय जान नपाउन सक्छन् । युएनएड्सले आफ्नो कोष करिब ८० प्रतिशतले घटाउनेछ। संयुक्त राष्ट्र जनसङ्ख्या कोषले परिवार नियोजनका लागि करिब ८५ प्रतिशत कोष कटौती गर्नेछ। युनिसेफको कोष लगभग ६० प्रतिशतले घटाइनेछ। साथै त्यस्ता धेरै अन्य एजेन्सीहरू छन् जो कोष कटौतीबाट प्रभावित हुनेछन्।

कोप२६

अक्टोबर ३१ देखि नोभेम्बर २१ सम्म बेलायतको ग्लास्गो सहरमा भएको २६औँ राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप२६) मा पेरिस सम्झौतालाई अन्तिम रुप दिइएको थियो । कोप२६ ग्लास्गो जलवायु सम्झौताको साथ समाप्त भयो । लगभग २०० देश विश्वव्यापी तापमानमा वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने आशालाई जीवित राख्न सहमत भए ।

चीनको हेनान प्रान्तमा भारी वर्षा र बाढीका कारण ३०० भन्दा बढीको मृत्यु भएको थियो । धुलोको आँधीले विद्यालयहरू बन्द र उडानहरू ग्राउन्डिङ गर्नुपरेको थियो । इन्डोनेसियामा सेरोजा चक्रवातले १६० को ज्यान लियो । साथै पहिरो र अचानक बाढीले कम्तिमा २२ हजार मानिसलाई विस्थापित गर्यो। फिलोमेना तुफानले स्पेनको म्याड्रिडमा ५० वर्षयताकै ठूलो हिमपात भयो । क्रिस्टोफ आँधीले बेलायतमा बाढी निम्त्यायो। चक्रवात आनाका कारण १० हजारभन्दा बढी मानिसले फिजीमा निकासी केन्द्रमा शरण लिए । अमेरिकाको टेक्सासका केही क्षेत्रमा तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झर्यो । आँधीका कारण ३५ लाख व्यवसाय र घरहरु बिजुलीविहीन भए । प्रशान्त उत्तरपश्चिममा चरम गर्मीको लहरले सयौँको ज्यान लियो । रुसको मस्को, पेन्जा, पेट्रोजाभोड्स्क र भोलोग्डामा जुन महिनामा तापक्रम रेकर्ड ब्रेकिङको उच्च अवस्थामा पुगेको थियो । जर्मनीमा बाढीले अहर नदीका घर र पुल ध्वस्त पारेका छन्। अष्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण बाँधहरु बगेका छन् ।

अफगानिस्तान सङ्कट

विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड बिस्लेले ‘विश्वको सबैभन्दा खराब मानवीय सङ्कट’ भनेर वर्णन गरेको अफगानिस्तान आफ्नो आवश्यकताको समयमा उजाड भएको छ। अगस्टमा अमेरिकी सेना फिर्ता भएसँगै तालिबानले नियन्त्रणमा लिएपछि अमेरिकी फेडरल रिजर्भ र युरोपका केन्द्रीय बैंकहरुले अफगानिस्तानको वित्तीय सम्पत्ती रोक्का गरेका थिए । विदेशी अनुदानले अफगानिस्तानमा सार्वजनिक खर्चको तीनचौथाई वित्तीय अवस्था पूर्ति गरेको छ र त्यसलाई अहिले धेरै घटाइएको छ । अफगानिस्तानमा ९५ प्रतिशत मानिससँग पर्याप्त खाना छैन । द्वन्द्व, खडेरी, कोभिड–१९ र आर्थिक सङ्कटको संयुक्त प्रभावले झण्डै २४ लाख मानिस तीव्र भोकमरीमा परेका छन् । खडेरीका कारण अधिकांश गहुँ बाली नष्ट भएकाले मूल्य आकासिएको छ । अफगानिस्तानको ठूलो भागमा खाद्यान्न र अन्य अत्यावश्यक वस्तुहरूको डेलिभरी सम्भव नहुने भएकाले साना बालबालिका र वृद्धवृद्धासहित लाखौँ मानिस जाडोमा भोकै बस्नेछन्। सन् २०२१ को अन्त्यसम्ममा ३२ लाख पाँच वर्षमुनिका बालबालिकामा तीव्र कुपोषण हुनसक्छ । यो डरलाग्दो अवस्थाले अफगानिस्तानबाट भाग्नेहरूको सङ्ख्यामा वृद्धि हुने सम्भावना छ। देशको कुल गार्हस्थ्य उत्पादन ३० प्रतिशतसम्म सङ्कुचन हुन सक्छ। युरोपेली आयोगले सेप्टेम्बर १५ मा एक अर्ब यूरोको समर्थन प्याकेज घोषणा गर्‍यो।

गर्भपतन कानून

गर्भपतनसम्बन्धी कानूनहरू प्रवाहित अवस्थामा छन्। जनवरी २४ मा अर्जेन्टिनामा गर्भावस्थाको पहिलो १४ हप्ताको गर्भपतनले कानूनी मान्यता पायो । पछि होन्डुरसले गर्भपतनमा प्रतिबन्ध मात्र लगाएन, भविष्यमा कुनै पनि परिवर्तन गर्ने पक्षमा मतदान गर्न कम्तिमा तीनचौथाई काङ्ग्रेस आवश्यक पर्ने कानूनलाई अनुमोदनसमेत गर्यो । प्रतिबन्ध उल्लङ्घन गरे महिला वा चिकित्सकलाई तीनदेखि १० वर्ष जेल सजाय हुन्छ। होन्डुरसमा आकस्मिक गर्भनिरोधक पनि प्रतिबन्धित छ। 

सेप्टेम्बर १ मा टेक्सासले संयुक्त राज्य अमेरिकामा सबैभन्दा कडा गर्भपतन विरोधी कानून लागू गर्‍यो । त्यहाँ गर्भावस्थाको ६ हप्तापछि गर्भपतनमा प्रतिबन्ध लगायो। यसको डिजाइनको अर्थ सङ्घीय अदालतहरूले यसलाई रोक्न गाह्रो हुनेछ। नागरिकहरूले प्रदायकहरू र महिलालाई गर्भपतन गराउन सहयोग गर्ने जो कोही विरुद्ध मुद्दा हाल्न सक्छन्। साथै टेक्सासमा डिसेम्बर २ मा गर्भावस्थाको ७ हप्तापछि गर्भपतन गराउने औषधिको प्रयोगलाई निषेध गर्ने कानुन लागू भयो । 

सेप्टेम्बर २७ मा जारी गरिएको राज्य परिषद्को नयाँ दिशानिर्देशहरू अनुसार चीनले आफ्नो घट्दो जनसङ्ख्याका कारण गैरचिकित्सा गर्भपातको सङ्ख्या घटाउने लक्ष्य राख्नेछ । 

मलेरिया खोप स्वीकृति

घाना, केन्या र मलावीका आठ लाखभन्दा बढी बालबालिका बीचमा गरिएको पाइलट कार्यक्रमको नतिजाको आधारमा डब्लुएचओले अक्टोबर ६ मा उप–सहारा अफ्रिकाका बालबालिकाहका लागि मलेरिया खोपको व्यापक प्रयोग गर्न सिफारिस गर्‍यो। औलो रोग र बोझ कम गर्न ५ महिनाको उमेरदेखिका बालबालिकालाई त्यस्तो खोपको चार डोज दिनुपर्छ। खोपले अनुकूल सुरक्षा प्रोफाइल देखायो र यो अत्यधिक कम लागतको थियो । साथै यसले घातक मलेरियामा ३० प्रतिशतले कमी ल्यायो । 

मिडवाइफरी २०२१

कोभिड–१९ महामारीका कारण नर्स र मिडवाइफ वर्षलाई २०२१ सम्म विस्तार गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, इन्टरनेशनल कन्फडेरेसन अफ मिडवाइफ र डब्लुएचओद्वारा मे ५ मा जारी गरिएको द स्टेट अफ द वल्र्ड्स मिडवाइफरी २०२१ प्रतिवेदनअनुसार ११ लाख अतिरिक्त पूर्णकालीन यौन, प्रजनन, मातृ, नवजात शिशु र किशोर (एसआरएमएनएएच) स्वास्थ्य कामदारहरुको विश्वभरमा आवश्यकता छ । प्रतिवेदनमा डब्लुएचओका अफ्रिकी र पूर्वी भूमध्य क्षेत्रहरुमा एसआरएमएनएएचको आवश्यकता पूर्ति गर्ने सम्भावना सबैभन्दा कम भएको बताइएको छ । न्यून आय भएका र उच्च तथा मध्यम आय भएका मुलुकबीचको खाडल पुर्न १३ लाख एसआरएमएनएएचको पदहरु आवश्यक भएको पनि प्रतिवेदनमा उल्लेख छ ।