• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo

नेकपाको खिचातानीले संसद निष्काम बन्यो : बाबुराम भट्टराई



काठमाडौँ । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एंवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपाको गुटिय खिचातानीका कारण संसद निष्काम बनिरहेको आरोप लगाएका छन् ।

आइतवार भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा एउटै दलको स्पष्ट बहुमत हुँदापनि संसद बैठक सूचना टाँसेर सारिरहने अवस्था आउँदा जनप्रतिनिधि मुखदर्शक भइरहने भन्दै व्यङ्य गरेका छन्।

‘हिजो दलीय खिचातानीले संसद बन्धक बन्दा अन्तरीमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो,’ डा. भट्टराईले ट्वीटरमा भनेका छन्, ‘तर आज नियमित संविधान र एउटै दलको स्पष्ट बहुमत हुँदा गुटगत खिचातानीका कारण प्रतिनिधिसभा पंगु र निष्काम हुने र बैठक सरिरहने ? जनप्रतिनिधि मुकदर्शक भइरहने ? यही हो लोकतन्त्र ? अझै कम्युनिज्म ? धन्य कणहरू।’