१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

उम्मेदवारले बुझाएनन् खर्च विवरण

उम्मेदवारले बुझाएनन् खर्च विवरण
अ अ+ अ-

परासी । पश्चिम नवलपरासीमा ८०९ जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाउन अटेरी गरेको पाइएको छ । स्थानीय तहका ७०७, प्रदेशसभाका नौ र प्रतिनिधिसभा निर्वाचनका तीनजना उम्मेदवारले निर्वाचन खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारले आफूले गरेको खर्चको विवरण बुझाउनुपर्ने प्रावधान छ । तर जिल्लामा एक हजार ४६ उम्मेदवारले मात्र खर्च विवरण बुझाएको जिल्ला निर्वाचन अधिकारी विजयकुमार कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यालयमा खर्च विवरण बुझाउनेमा स्थानीय तहका ९६९, प्रदेशसभाका ५४ र प्रतिनिधिसभाका २३ जना उम्मेदवार रहनुभएको छ, ८०९ जनाले खर्च विवरण बुझाउन अटेरी गर्नुभयो ।”

जिल्लामा स्थानीय तहका एक हजार ७६६, प्रदेशसभाका ६३ र प्रतिनिधिसभाका २६ गरी एक हजार ८५५ जना उम्मेदवार रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थानीय तहतर्फ पाल्हिनन्दन गाउँपालिकाका १४७ उम्मेदवारमध्ये ८२ जनाले मात्र खर्च विवरण बुझाएका छन् । अझै ६५ जनाले खर्च विवरण बुझाउन बेवास्ता गरेका छन् ।

प्रतापपुर गाउँपालिकाका १६३ उम्मेदवारमध्ये ३१ जनाले मात्र खर्च विवरण बुझाएका छन् । १३२ जनाले खर्च विवरण बुझाएनन् । बर्दघाट नगरपालिकाका ३५३ उम्मेदवारमध्ये २३६ उम्मेदवार खर्च विवरण बुझाएका छन् भने ११७ जनाले बुझाएनन् । रामग्राम नगरपालिकाका ४६३ उम्मेदवारमध्ये २५४ ले खर्च बुझाएका छैनन्, २०९ जनाले मात्र खर्च विवरण बुझाएको कार्यालयले जनाएको छ ।

यसैगरी सरावल गाउँपालिकाका १८८ उम्मेदवारमध्ये ६४ जनाले खर्च बुझाएनन् । १२४ उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् । सुनवल नगरपालिकाका कूल ३२३ उम्मेदवारमध्ये ८६ जनाले खर्च विवरण बुझाएनन् भने २३७ उम्मेदवारले विवरण बुझाएका छन् । सुस्ता गाउँपालिकाका १२९ उम्मेदवारमध्ये ७९ उम्मेदवारले खर्च विवरण नबुझाएको र ५० जनाले मात्र खर्च विवरण बुझाएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै प्रतिनिधिसभाअन्तर्गत क्षेत्र नं १ का १५ उम्मेदवारमध्ये तीनजनाले खर्च विवरण बुझाएका छैनन् । क्षेत्र नं २ मा भने ११ उम्मेदवार रहेकामा सबैले खर्च विवरण बुझाएको कार्यालयले जानकारी दिएको छ ।

प्रदेशसभाअन्तर्गत क्षेत्र नं १(१) का १४ उम्मेदवार रहेकामा १२ जनाले मात्र बुझाएका छन् भने क्षेत्र नं १(२) का १३ जनामध्ये १२ जनाले खर्च विवरण बुझाएका छन् । क्षेत्र नं २(१) मा १७ उम्मेदवारमध्ये १४ जनाले बुझाएका छन् भने क्षेत्र नं २(२) मा १९ उम्मेदवार रहेकामा १६ जनाले खर्च विवरण बुझाएका छन् । उम्मेदवारहरुले निर्वाचन खर्च विवरण पेश नगरेमा सजायको पनि व्यवस्था छ ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २६(२) अनुसार कुनै राजनीतिक दल वा उम्मेदवारले दफा २५ को उपदफा (१) बमोजिम निर्वाचन खर्चको विवरण पेश नगरेमा वा त्यसरी पेश गरेको विवरणमा सोही दफाको उपदफा (२) बमोजिम लेखा परीक्षण हुँदा लेखापरीक्षकको प्रतिवेदनका आधारमा अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानूनी प्रयोजनका लागि गैरकानूनी तवरले खर्च गरेको देखिएमा निर्वाचन आयोगले त्यस्तो राजनीतिक दल वा उम्मेदवारलाई त्यसरी गरेको खर्च बराबरको रकम वा रु पाँच लाखमध्ये जुन बढी हुन्छ वा सो बराबरको रकम जरिवाना गर्न सक्नेछ भन्ने प्रावधान रहेको छ ।

उपदफा (२) बमोजिम भएको जरिवाना छ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने व्यवस्था छ । निर्वाचन आचारसंहिताले निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन खर्चको सीमा निर्धारण गरेको छ । निर्वाचन आयोग ऐनले पनि तोकेभन्दा बढी खर्च गर्न नपाउने व्यवस्था गरेको छ ।