१९ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सा शिक्षा आयोगमा निर्देशक नियुक्ति नहुँदा प्रवेश परीक्षा अन्योलमाः सांसद मल्ल हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन पनि एउटा सशक्त गुप्तचर निकाय आवश्यकः अमरेशकुमार सिंह सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ शिष्टाचार भेट हिन्दु सम्राट् सेनाप्रति सांसद राईको आपत्ति, सरकारलाई कडा कदम चाल्न आग्रह विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै सुदूरपश्चिमका विकास आयोजना र स्थानीय समस्या समाधान गर्न रास्वपा सांसदहरूको प्रधानमन्त्रीसँग आग्रह गोली चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारसँग अमरेश सिंहको आग्रह युवालाई सही मार्गमा ल्याउन सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छः मुख्यमन्त्री आचार्य सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा–५ का रास्वपा क्षेत्रीय परिषद् सदस्य एमाले प्रवेश



अ+ अ-

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेको झापा ५ मा रास्वपाका सक्रिय नेता खनालको बहिर्गमनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । एमाले प्रवेश गर्दै खनालले वर्तमान राजनीतिक घटनाक्रमले देशको राष्ट्रियतामाथि गम्भीर आँच पु¥याएको दाबी गर्नुभयो । उहाँले देशमा वैदेशिक शक्तिहरूको चलखेल बढेको र यस्तो विषम परिस्थितिमा राष्ट्रवादी शक्तिलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

खनालले भन्नुभयो, ‘जुन घटनाक्रम घटिरहेका छन् त्यो चाहिँ एकदम अहिले राष्ट्रियतामाथि नै आँच आउने खालका छन् । यस्तो विषम परिस्थितिमा राष्ट्रियताको पक्षमा उभिने राष्ट्रवादी नेतालाई सपोर्ट गरौँ भनेर हामी केपी ओली जस्तो नेतालाई साथ दिन आएका हौँ ।’

उहाँले विदेशी फाउण्डेसन र साम्राज्यवादी शक्तिहरूको ‘नाङ्गो नाच’ नेपालमा भइरहेको आरोप लगाउनु भयो । खनालले मिडिया ट्रायलका आधारमा मात्र नभई सुक्ष्म र गहन ढंगले अनुसन्धान गरेर देशको भविष्य र वर्तमान स्थितिको विश्लेषण गर्नुपर्ने बताउनु भयो । उहाँले झापा ५ का युवाहरु राष्ट्रवादी धारमा उभिन तयार रहनुपर्ने बताउनु भयो ।