१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्यूमर पलाएका नेपालीका लागी अपोलो अस्पतालमा बिशेष सुबिधा



अ+ अ-

काठमाडौं । भारतको ईन्द्रप्रस्थ अपोलो अस्पतालले ट्यूमर पलाएका नेपालीहरुका लागी बिशेष सुबिधा सहितको उपचार गर्ने जनाएको छ ।

अपोलो अस्पतालका बरिष्ठ न्युरो सर्जन डा प्रणभ कुमारले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दे मस्तिष्कमा टयुमर पलाएका र अन्य समस्या भएका नेपाली बिरामीहरुका लागी सहुलियत प्याकेज घोषणा गर्नुभएको हो ।

अपोलो अस्पतालका बरिष्ठ न्युरो सर्जन डा प्रणभ कुमारले नेपाली बिरामीहरुको रोजाईमा परेको अस्पताल भएका कारण पनि बिशेष सहुलियत प्याकेज घोषणा गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा अपोल अस्पतालमा ट्यूमर शल्यक्रिया गराएका नेपाली बिरामी नारायण श्रैष्ठले मस्तिष्कमा टुयमरको सफल सल्यक्रिया पछि आफुले पूर्नजन्म पाएको अनुभब सुनाउनु भयो ।