२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने

जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने
अ अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई उडानमार्फत जोड्ने पहल गरिएको बताउनुभएको छ ।

मिथिला मध्यमा परिक्रमाको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस पहलले मधेस प्रदेशको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो । उहाँकाअनुसार प्रदेश सरकारले मधेस प्रदेशलाई रामायण सर्किटसँग जोड्दै जनकपुर र अयोध्याबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने योजना अघि सारेको छ ।

सीता सर्किट र रामायण सर्किटलाई जोड्नसके जनकपुरको मात्र नभई सिंगो मधेश प्रदेशकै विकास हुने र यस क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय गन्तव्यको पहिचान बनाउने विश्वास व्यक्त गर्नुभये । यस योजनालाई मूर्त रूप दिन छिट्टै भारत भ्रमण गर्ने र त्यहाँका सम्बन्धित निकायहरूसँग समन्वय गरी कामलाई तिब्रता दिने बताउनु भयो । उहाँले यस कार्यका लागि सकारात्मक आश्वासन प्राप्त भइसकेको र प्रक्रियालाई तत्काल अगाडि बढाइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ अब आउने अर्को वर्षको लागि हामी सरकारको भुमिका निर्धारण गर्छौं र खासगरी यो प्रदेशलाई, यो जनकपुर स्थललाई राम सर्किटसँग जोड्ने हाम्रो प्रयास छ । रामायण सर्किटसँग, डाइरेक्ट अयोध्यासंग यता सीता सर्किट र रामायण सर्किटलाई जोडेपछि मलाई लाग्छ यो जनकपुर मात्र होइन मधेश प्रदेशको पनि विकास हुन्छ र मधेस प्रदेश पनि पर्यटकीय स्थलको रुपमा चिनिन्छ र त्यसैको उसमा मैले कुरा पनि अगाडि बढाएको छु । मलाई त्यो हिसावले त्यहाँबाट आश्वासन पनि आएको छ । म जान्छु इण्डिया जान्छु, इण्डिया गएर सम्बन्धित निकायहरूमा म सम्पर्क गर्छु र यो कामहरुलाई अगाडि तुरन्तै अगाडि बढाउँछु । त्यसै क्रममा यहाँ मैले अस्ति पनि कुरा गरेको एयरपोर्टमा, त्यो म संघ सरकारसँग पनि कुरा गर्छु वार्ता गर्छु र यो प्रदेशसँग पनि हुने सहयोग जस्तै यहाँ एयरपोर्टलाई यदि हामीले एक्सटेन्सन ग¥यौं भने प्रत्येक दिन ५०० भन्दा बढी पर्यटकहरु डाइरेक्ट यहाँबाट फ्लाईट अयोध्या जोड्यो भने प्रत्येक दिन ५०० भन्दा बढी दर्शनार्थीहरु यो सीता दर्शन गर्न आउँछ, त्यो हिसावको वातावरण म बनाउने प्रयास गर्छु । र त्यसै अन्तर्गत यो स्वच्छ सफा हराभरा जनकपुरको पनि अवधारणा म ल्याउँछु र जनकपुरलाई पनि स्वच्छ जनकपुरको रुपमा यो विश्वमा चिनियोस् भन्ने मेरो धारणा छ। म त्यो हिसाबले अगाडि बढ्छु ।’

जनकपुर विमानस्थलको स्तरोन्नति र विस्तारका लागि सङ्घीय सरकारसँग समेत समन्वय भइरहेको उहाँको भनाइ छ । विमानस्थल विस्तार गरी अयोध्याबाट सिधा उडान सञ्चालन गर्नसके दैनिक ५ सय भन्दा बढी भारतीय दर्शनार्थीहरू माता सीताको दर्शन गर्न आउने उहाँको विश्वास छ ।