११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

सुन्तला बेचेर २० लाख आम्दानी

सुन्तला बेचेर २० लाख आम्दानी
अ अ+ अ-

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष  २० लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नुभएको छ ।

१५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्नुभएका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडि सुन्तला टिपेर बजार पठाउँदा सामान्य अवस्थाको तुलनामा दोब्बर बढी मूल्यमा बिक्री गर्नुभएको हो ।

श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल तथा तरकारी फार्मबाट प्रतिकिलोग्राम रु दुई सयका दरले काठमाडौँबाट आएका व्यापारीले सुन्तला खरिद गरेर लगेका हुन् । म्याग्दीमा पुस महिनामा प्रतिकिलो रु ७० का दरले सुन्तला बिक्री भएको थियो ।

“माघ लागेदेखि बढ्न सुरु भएको सुन्तलाको मूल्य फागुन २ गतेसम्म प्रतिकिलो रु दुई सयसम्म परेको हो,” श्रेष्ठले भन्नुभयो “गत वर्षको तुलनामा यसपाली उत्पादन ४० प्रतिशतले घटेपनि मूल्य राम्रो पाउँदा आम्दानीमा असर परेन् ।”उहाँले गत वर्ष सरदर प्रतिकिलो रु एक सयका दरले रु १५ लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नुभएको थियो । श्रेष्ठको बगैँचामा रहेका ७०० मध्ये हाल ३०० बोटमा यसपाली फल लागेको थियो । श्रेष्ठले आफ्नो बाहेक अन्य किसानको थप रु एक करोड ३० लाखको सुन्तला पनि बिक्रीको व्यवस्था मिलाउनुभएको छ । दोसल्लेका ४२ घरपरिवार किसानले यस वर्ष रु दुई करोड मूल्य बराबरको सुन्तला बिक्री गरेका दोसल्ले सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिनुभयो ।

बेनीमा पोल्टी« र घरजग्गा व्यवसाय गर्दै आउनु भएका विकासले विसं २०७६ मा सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङ्गलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ ।

पाखोबारीलाई घेराबार गर्ने, गरा बनाउने, खाडल खनेर सुन्तलाका बिरुवा लगाउने, गोडमेल, मलजल गर्न, संरचना बनाउन र जग्गा खरिदसहित फार्ममा रु तीन करोड ५० लाख लगानी भएको श्रेष्ठले बताउनुभयो । “कृषिबाट यति राम्रो कमाइ होला भनेर सोचेको थिइन्, गर्न सकेमा हुँदोरहेछ भन्ने मैले महसुस र अनुभव गरँ,” उहाँले भन्नुभयो “थप जमिन खरिद गरेर फार्म विस्तार गर्दैछु ।”

उहाँको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन् । सुन्तलाखेतीसँगै उक्त फार्ममा लोकल र बोइलर जातका कुखुरा पनि पालिएको छ । सुन्तलाका लागि कुखुराको सुलीको मल उपयोगी हुने श्रेष्ठको अनुभव छ । कृषि फार्मका लागि सरकारी निकायबाट हालसम्म अनुदान नलिएको श्रेष्ठले बताउनुभयो ।

काठमाडाँैको बल्खुका व्यापारीसँग सिधैँ सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उहाँले बताउनुभयो । घरजग्गा व्यापार छाडेर कृषि व्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको व्यापार गर्ने जलेश्वर पोल्ट्री फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाउनुभएको छ । अवसर, सुविधा र रोजगारीका लागि विदेश र सहर पस्ने क्रम बढिरहेको अवस्थामा बजारबाट गाउँ गएर कृषि व्यवसाय गरेका श्रेष्ठ किसानका लागि उदाहरणको पात्र बन्नुभएको दोसल्लेका अगुवा किसान खगवीर पाइजाले बताउनुभयो ।

“उहाँ (विकास)ले बाँझिएको जग्गालाई सदुपयोग मात्र गर्नुभएको छैन,” पाइजाले भन्नुभयो “गाउँमा सुन्तला खेतीका लागि नयाँ प्रविधि भित्र्याउनुभएको छ । उहाँको सिको गरेर बजार झरेका गाउँ फर्किएर सुन्तलाखेती गरेका छन् ।”

सुन्तला खेतीका लागि जग्गा किन्न आउनेहरु बढेका र खेतबारीको भाउ पनि बढेको पाइजाले बताउनुभयो । विकासको सुन्तला बगँैचा अवलोकनका लागि बेनी र आसपासका ठाउँबाट किसान तथा व्यवसायी आउने गरेका छन् । उक्त बगैँचाबाट पृष्ठभूमिमा निलगिरि र धौलागिरि हिमाल देखिन्छ ।

बगैँचाकोबीच भागमा पाहुना र आफू बस्नका लागि घर बनाएका श्रेष्ठको फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना छ । समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटर उचाइमा रहेको दोसल्लेका किसानले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् । रासस