१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छैटौं सगरमाथा अन्तराष्ट्रिय प्रतियोगिता शुरु



अ+ अ-

नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालको २१औ बार्षिक उत्सवको अवशरमा आयोजित छैटौं सगरमाथा अन्तराष्ट्रिय प्रतियोगिता आईतवार देखि शुरु भएको छ । नेपाल सहित भारत,बंगलादेश, पाकिस्तान र श्रीलंकाको सहभागि रहेको उक्त प्रतियोगिताको उदघाटन पुर्ब बाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुनले एक कार्यक्रम बिच उदघाटन गरे ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गणेशमान पुन ले खेलक्षेत्र मा आफुले चाल्नुपर्ने क़दम र निभाउनु पर्ने भुमिकामा कुनैपनि कसर नराख्ने बताए । प्रतियोगितामा पुरुष तर्फ २२ र महिला तर्फ १९ ईभेन्टस् गरी कुल ४१ स्वर्णका निम्ति प्रतिस्पर्धा भईरहेको कार्यक्रम संयोजक एबम नक्सालका अध्यक्ष गजेन्द्र बहादुर खपाङ्गीले जानकारी गराए ।

आज उदघाटन चरणमा बंगलादेशले टिम काता तर्फ सोनिया सुल्ताना, सृष्टि अख्तर रिदिता र बोईसाखीले प्रथम स्थान हाशिल गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भए भने वाकी प्रतिस्पर्धाहरु सेमिफाईनल चरणमा प्रवेश गरे भने सेमिफाईनल तथा फाईनल सोमवार सन्चालन हुनेछ । नक्साल नारायणचौर स्थित स्टार भेन्यु पार्टी प्यालेशमा सन्चालन भईरहेको उक्त प्रतिययोगिता सोमवार सम्पन्न हुनेछ ।