११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

‘अब आश्वासन होइन, विकास र रोजगारीको आधार चाहियो’

‘अब आश्वासन होइन, विकास र रोजगारीको आधार  चाहियो’
अ अ+ अ-

कैलाली। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन निजिकिएसँगै गाउँबस्ती तथा सहरमा चुनावी सरगर्मी बढ्दै गएको छ ।

यतिबेला उम्मेदवारहरू आफ्ना चुनावी एजेन्डा तथा प्रतिबद्धतापत्र लिएर मतदाताका घरदैलो धाइरहेका छन् । दल तथा उम्मेदवारहरू विभिन्न माध्यमबाट मतदाता रिझाउने प्रयास गरिरहेका छन् ।

उम्मेदवारहरूबाट पटकपटक आश्वासन मात्रै पाएका मतदाता भने यस पटकको निर्वाचनमा आश्वासन नभई विकास र रोजगारीको आधार खोजिरहेका छन् । जिल्ला धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘बी’ गाउँकी जाना रोकाया गाउँको विकास गर्ने आधार लिएर आउनेलाई मात्र मत दिने बताउनुहहुन्छ । विगतमा जस्तो चुनावका बेला जे पनि गरिदिन्छौँ भनेर आश्वासन दिने तर पछि पूरा नगर्ने र त्यसका लागि दबाब नदिने उम्मेदवारलाई मत नदिने उहाँको भनाइ छ ।

रोकायाले भन्नुभयो,“हाम्रो गाउँको सबैभन्दा ठूलो समस्या खानेपानीको हो । कच्ची सडक हुनाले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छ । चुनावको समयमा नेताहरूले यीलगायत समस्या समाधान गर्ने बाचा गर्छन्, विगतमा पनि यस्तै आश्वासन पाइन्थ्यो । समस्या यथावत छन्, त्यसैले यसपटक समाधानको आधार खोजी गरिरहेका छौँ ।”

सोही ठाउँकी विनमति थापाको पनि उस्तै गुनासो छ । उहाँ भन्नुहुन्छ,“यहाँ हामीले सोचेअनुसार विकास भएन । रोजगारी नहुँदा छोराछोरी विदेशिनुपरेको छ । त्यसैले अब हामीलाई यी समस्या समाधान गर्ने नेता चाहिएको छ ।”

चुरे गाउँपालिका–४ जगातीकी बविता विकले गाउँका आधारभूत समस्या समाधान गर्ने नेतालाई जिताउनुपर्ने बताउनुभयो । उहाँले गाउँमा खानेपानी, पुलपुलेसा, सडक, स्थानीय उत्पादन वृद्धि र बजारीकरणलगायत समस्या रहेकाले समाधानका लागि आफ्नो प्रतिनिधिले विश्वासयोग्य बाचा गर्नुपर्ने धारणा राख्नुभयो ।

विकले भन्नुभयो,“चुनावका बेला गाउँ, टोल, घरघरमा आएर नेताहरुले अनेक बाचा गर्छन्, चुनावपछि बिर्सिन्छन् । रोजगारी नहुँदा युवाहरू अर्काको देशमा सस्तोमा श्रम गर्न बाध्य छन् । हामीलाई विकाससँगै रोजगारी र हाम्रा कृषिउपजको उत्पादन वृद्धि तथा बजारीकरण गरी गरिखान सघाउने सरकार र प्रतिनिधि चाहिएको छ ।” रासस