३ भाद्र २०८३, बुधबार
,
Latest
महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागका स्वर्ण विजेता अनु र सुनिता सम्मानित



अ+ अ-

काठमाडौं । सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका स्वर्ण विजेताद्वय अनु अधिकारी र सुनिता महर्जनलाई नगदसहित सम्मान गरेको छ । सर्वशक्तिको पाँचौं वार्षिक साधारण सभाका अवसरमा दुवैलाई सम्मान गरिएको हो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, सर्वशक्तिका अध्यक्ष सुरेन्द्र महर्जन र सर्वशक्तिका सचिव दिलबहादुर बुढाथोकीले उनीहरुलाई नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सोही अवसरमा एकेएफ परिक्षाको जज ‘ए’ श्रेणीमा उत्तीर्ण हुन सफल महेश महर्जनलाई पनि नगद र प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।