१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रु ५० करोड सङ्कलन गर्ने लक्ष्यसहित गौतमबुद्ध रङ्गशालामा महायज्ञ लगाइदै



अ+ अ-

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ । महायज्ञबाट रु ५० करोड सङ्कलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए ।

मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल रहनेछन् । रङ्गशाला निर्माणस्थलमा नै महायज्ञ लगाइदै छ । पछिल्लो समय रङ्गशाला निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । सहयोग जुट्ने क्रमसमेत निरन्तररुपमा अघि बढेको छ । धुर्मश सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको जानकारी दिए । मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ ।

रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उनले जानकारी दिए। रङ्गशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । ५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा खेल भएका हुन । रङ्गशाला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ । रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ ।