६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा आगो लगाउनेहरुले भ्रष्टाचारको अन्त्य गर्छु भन्नेकुरा सही होइनः नारायणमान बिजुक्छे



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबारलगायतका देशका मुख्यमुख्य प्रशासनिक निकायहरुमा आगो लगाउने काम गलत भएको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष विजुक्छेले मुलुकको मुख्यमुख्य स्थानहरुमा आगो लगाउने काम गरेर भ्रष्टाचारमुक्त गर्ने कुरा सही नभएको समेत बताउनु भयो । उहाँले हरेकलाई योग्यता अनुसारको काम र दाम दिने कुराले मात्रै मुलुकलाई सही बाटोमा अघि बढाउने समेत बताउनु भयो ।

उहाँले भन्नुभयो,‘भ्रष्टाचारको विरोध गर्नु ठिक हो । तर सिंहदरवार जलाएर, राष्ट्रपति भवन र अरु सबै स्कुल, कलेजमा आगो लगाएर भ्रष्टाचार अन्त्य हुन्छ भन्ने सोचो होइन । योग्यता अनुसारको काम छैन । काम अनुसार ज्याला यहाँ छैन । त्यसैले हाम्रो भोटमा कमी आउँछ । ‘

अध्यक्ष विजुक्छेले आफ्नो पार्टी सरकारमा नजाने अडान दोहो¥याउँदै संसदमार्फत देश र जनताको पक्षमा काम गर्न सरकारलाई दवाव दिने कामलाई तिब्रता दिने समेत बताउनु भयो ।