१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेस्ट इन्डिज सुपर–८ मा



अ+ अ-

काठमाडौं । टी–२० विश्वकपको समूह चरणअन्तर्गत आजको खेलमा नेपाल वेस्ट इन्डिजसँग नौ विकेटले पराजित भएको छ । यससँगै लगातार तीन हार बेहोरेको नेपाल समुह चरणबाट बाहिरिएको छ । उता, लगातार तीन जित हात पारेको वेस्ट इन्डिज भने सुपर–८ मा पुगेको छ ।

यसअघि नेपालले दिएको १३४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो । उसका लागि साइ होप ६१ र शिमरन हेटमायर ४६ रनमा नटआउट रहे । यस्तै, ओपनर ब्रान्डन किंगले २२ रन बनाए ।

बलिङ तर्फ नेपालका नन्दन यादवले एक विकेट लिए ।

यसअघि, मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रन बनाएका थिए । उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

दीपेन्द्र टी२० विश्वकपमा नेपालका लागि अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१४ मा सुबास खकुरेलले हङकङ विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

यस्तै, सोमपाल कामीले १५ बलमा ४ चौका प्रहार गर्दै अविजित २६ रन बनाए । सातै विकेटका लागि दीपेन्द्र र सोमपालले ५४ रनको साझेदारी गरे । त्यसैगरी, लोकेश बमले १३, ओपनर आसिफ शेख र गुल्सन झाले समान ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार तथा अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले एक–एक विकेट लिए ।