१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले अब जित निकाल्नुपर्ने बेला आयोः मोन्टी देशाई



अ+ अ-

काठमाडौं ।नेपाली क्रिकेट टोलीका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पु¥याउने दृढता व्यक्त गर्नुभएको छ ।

मुम्बईको प्रसिद्ध वानखेडे स्टेडियममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्व प्रशिक्षक देसाईले आफ्नो जन्मस्थल र नेपाली क्रिकेटप्रतिको लगावलाई जोडेर यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले मुम्बईलाई आफ्नो घर र वानखेडेलाई प्राकृतिक परिवेश माने पनि नेपालको समर्थनका लागि आफूसँग ठूलो र विशेष कारण रहेको बताउनु भयो । नेपाली क्रिकेट टोलीको निरन्तर विश्वकप सहभागिताप्रति गौरव व्यक्त गर्दै देसाईले अब केवल प्रतिष्पर्धामा मात्र सिमित नभई जित निकाल्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले सन् २०२३ को ‘कोर ग्रुप’ ले अब नतिजा निकाल्नुपर्ने र यसले विश्वस्तरमा नेपाललाई थप पहिचान दिलाउने विश्वास व्यक्त गर्नुभयो । देसाईकाअनुसार विश्व मञ्चमा जित हात पार्नु आगामी पुस्ताका खेलाडीहरूका लागि प्रेरणाको मुख्य स्रोत बन्नेछ ।

उहाँले नेपाली प्रशंसकहरूको अटुट माया नै आफ्नो मुख्य प्रेरणा रहेको स्वीकार गर्नुभयो । मैदानमा टोलीको प्रदर्शनमा कहिलेकाहीँ एकरूपता नहुनसक्ने तर मैदान बाहिर समर्थन सधैं उत्कृष्ट र स्थिर रहेको बताउनु भयो ।