२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा पत्थर प्रशोधन केन्द्र स्थापना



अ+ अ-

सुर्खेत । सुर्खेतमा प्रदेशस्तरीय पत्थर प्रशोधन केन्द्र स्थापना हुने भएको छ । सङ्घीय सरकारले कर्णालीमा रहेका मूल्यवान तथा अर्धमूल्यवान पत्थरको उत्खनन, प्रशोधन गर्नुका साथै निर्यातसम्बन्धी नीतिगत जटिलता हटाएर केन्द्र स्थापना गर्ने तयारी गरेको हो ।

सुर्खेतमा २०६५ सालदेखि साविकको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा सानो परिमाणमा रत्न पत्थर प्रशोधन विकास केन्द्र सञ्चालनमा आएको थियो । प्रदेश सरकारका उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक शम्भुप्रसाद पौडेलले कर्णालीमा पाइने बहुमूल्य धातुको पहिचान गरी सानो परिमाणमा प्रशोधनको काम भने यहाँबाटै भइरहेको बताउनुभयो । उहाँका अनुसार अब स्थापना हुने प्रशोधन केन्द्रबाट ठूलो परिमाणमा केन्द्रमा मूल्यवान तथा अर्धमूल्यवान धातु रत्न, पत्थर कटिङ तथा पोलिसिङको काम हुनेछ । यसका लागि साविकको घरेलु तथा साना उद्योग विकास समितिले रत्न पत्थर कटिङ, पोलिसिङ तथा ड्रिलिङसम्बन्धी युवालाई तालीम दिइसकेको छ ।

काइनाइट, टुर्मालिन, क्वार्ज, एक्वामेरिन, गार्नेट, डेब्युराइट, हेम्बराइट नेपालमा पाइने धातु हुन् । निर्देशक पौडेलले कर्णाली प्रदेश रत्न पत्थरका लागि उत्कृष्ट क्षेत्र रहेको बताउनुभयो । “सरकारले सम्भावित ठाउँको अन्वेषण गरी उत्खननको योजना बनाएको छ, सुर्खेतमा प्रशोधन केन्द्र स्थापना भएपछि यसको बृहत् उत्पादन र बजारीकरण हुनेछ”, उहाँले भन्नुभयो, “कर्णालीमा पाइने काइनाइट, टुर्मालिनजस्ता मूल्यवान पत्थरको व्यवस्थित उत्खनन नहुँदा राजश्व सङ्कलन हुन सकेको छैन ।” यस्ता पत्थर सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट जिल्लामा पाइन्छन् ।

सरकारले बहुमूल्य धातुको कटिङ, पोलिसिङ तथा ड्रिलिङका लागि सुर्खेत, धादिङ र डोटीमा रत्न पत्थर प्रशोधन वस्तु विकास केन्द्रको स्थापना गर्दैछ ।




भर्खरै