५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

चार महिनादेखि प्रतिनिधिसभा सभामुखविहीन, उपसभामुखले राजीनामा नै नदिने

चार महिनादेखि प्रतिनिधिसभा सभामुखविहीन, उपसभामुखले राजीनामा नै नदिने
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा चार महिनादेखि सभामुखविहीन भएको छ । प्रतिनिधिसभाको बजेट अधिवेशन सकिएलगत्तै तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा बैठक सभामुखविहीन बनेको हो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । दुई अध्यक्षले सहमति नजुटाए सम्म आफूले राजीनामा नदिने उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको अडान छ ।

नेकपा सचिवालय सदस्य वामदेव गौतमको भैंसेपाटीस्थित निवासमा बुधबार पार्टी अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधव नेपाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको बैठक बसेको थियो । बैठकले उपसभामुखको राजीनामा माग्ने अनौपचारिक सहमति जुटाएको थियो । प्रधानमन्त्री पक्षधर नेताहरूले यो बैठकलाई प्रधानमन्त्रीविरुद्ध गुटबन्दीका रूपमा लिएका छन् । पूर्वमाओवादी पक्षले सभामुख आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएको छ । कुन पक्षले सभामुख लिने भन्ने बहसका कारण प्रतिनिधिसभाले लामो समयदेखि सभामुख पाउन नसकेको हो ।

पूर्वमाओवादी पक्षधर एक नेताले उपसभामुखको अडान अस्वाभाविक रूपमा आएको बताए । यसले पार्टी नीति र पद्धति कमजोर हुने खतरा रहेको उनले बताए । ‘पहिला त उहाँले राजीनामा गरेर सभामुख चयनको बाटो खोलिदिनुपर्छ । त्यसपछि उहाँले दाबी गर्ने ठाउँ रहन्छ,’ ती नेताले भने, ‘आफू हुने ग्यारेन्टी गरेपछि मात्र राजीनामा गर्छु भन्नु पार्टी निर्णयविपरीत हो ।’ नेकपा स्थायी समिति सदस्य भीम रावलले एउटा पदका लागि यति लामो समय सहमति हुन नसक्दा जनतामा राम्रो सन्देश नगएको बताए । सचिवालयले सकेन भने स्थायी कमिटीमा छलफल गर्नुप¥यो तर यसरी अलमलिनुहुँदैन ।’

अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले उपसभामुखले राजीनामा नदिएकाले सभामुख निर्वाचन प्रक्रिया अवरुद्ध भएको बताए । ‘राजीनामा नदिनुको कारण त बुझ्न सकिएन तर आफैं सभामुख हुन पनि उहाँले राजीनामा दिनुपर्छ,’ उनले भने, ‘आफ्नै पार्टीको भएकाले महाभियोगमा जाने कुरा भएन त्यसैले उहाँकै कारण रोकिएको हो ।’ नेकपाका प्रमुख सचेतक देव गुरुङले संवैधानिक पदमा बसेर बार्गेनिङ नगर्न उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई आग्रह गरेका छन् । ढिलोचाँडो राजीनामा दिनुको विकल्प नभएको भन्दै उनले व्यक्तिका आकांक्षा पूरा गर्न सदन अवरुद्ध गर्न नहुने बताए ।

‘यसका लागि संवैधानिक बाटो खुलाउनुपर्छ’ भन्दै उनले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न नेकपाले आग्रह गरेको बताए । ‘यदि उहाँ आफैं सभामुखको उम्मेदवार हुन चाहेको भए उपसभामुखबाट अनिवार्य रूपमा राजीनामा दिनुपर्छ,’ उनले भने, ‘उपसभामुख पदमा रहेरै उहाँले सभामुखमा उम्मेदवारी दिन मिल्दैन ।’

सभामुख चयनको विषयलाई लिएर जनप्रतिनिधिमूलक संस्थालाई लामो समयसम्म बन्दी बनाएर राखेकोप्रति सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूले नै विरोध गरिरहेका छन् । उपसभामुखको राजीनामा र सभामुख कसलाई बनाउने भन्ने टुँगो नहुँदा प्रतिनिधिसभा बैठक पटक–पटक सर्दै आएको छ । राजधानी दैनिकबाट