१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्किड कप फुटबल हुने



अ+ अ-

काठमाडौं । अर्किड पुपिल सेकेन्डरी स्कुलको आयोजनामा पाँचौं अर्किड कप अन्तरविद्यालय सेभेन ए साइड छात्र फुटबल प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ३२ टिमलाई मात्र सहभागी गराउने निर्णय गरेको अर्किडका सञ्चालक प्रेमकुमार भुजेलले जनाएका छन् ।

गत संस्करणमा ४० टिम सहभागी थिए । विजेताले २० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताका खेलहरु काँडाघारीस्थित आयोजककै मैदानमा हुने छ । चौथो संस्करणको उपाधि श्रमशीलले जितेको थियो ।