१ असार २०८३, सोमबार
,
Latest
कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका लागि चीनका नयाँ राजदूत काठमाण्डौँ आइपुगे



अ+ अ-

काठमाडौं: नेपालका लागि नवनियुक्त चीनका नयाँ राजदूत झाङ् माओमिङ आज काठमाण्डौँ आइपुगेका छन् । उनी नेपालका लागि २३औं चिनिया राजदूत हुनेछन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।

माओमिङले सामाजिक सञ्जालमा लेखेका छन्, नेपालमा आफूले सेवा गर्ने अवसर प्राप्त हुनु गर्वको विषय हो, र नेपाल चीन परस्पर सहयोगका क्षेत्रमा कार्य गर्न आफू निकै इच्छुक रहेको छु ।

उनले सामाजिक संजाल एक्समा नेपाली भाषामै लेखेका छन्: चीन नेपाल मित्रता अमर रहोस्

नेपालमा चिनियाँ पूर्वराजदूत चेन सोङ आफ्नो पदावधि सकिनुअघि नै फिर्ता गएका थिए ।

नयाँ राजदूत  माओमिङ चिनियाँ परराष्ट्र मन्त्रालयको एसियन अफेयर्स विभागमा उपनिर्देशकका रुपमा कार्यरत रहेको बताइएको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो कूटनीतिक प्रमाणपत्र पेश गरेपछि औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन् ।




भर्खरै