२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको बाटोमा ब्रेन्टफोर्डको अवरोध



अ+ अ-

इङलिस प्रिमियर लिगमा यस सिजनको उपाधि दौडमा रहेको आर्सनललाई गएराति ठुलै धक्का लाग्यो ।

निकै तनावपूर्ण खेलमा आर्सनललाई ब्रेन्टफोर्डले १–१ को बराबरीमा राखेको थियो । उपाधि दौडमा यो बराबरीसँगै आर्सनल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग ४ अंकको मात्र फरक छ ।

आर्सनल २६ खेलबाट ५७ अंक सहित पहिलो स्थानमा छ भने सिटीको समान खेलबाट ५३ अंक छ ।

ब्रेन्टफोर्डको गृह मैदान जीटेक कम्युनिटी स्टेडियममा पहिलो गोल भने आर्सनलका नोनी माडुकेले ६१औं मिनेटमा गरेका थिए । तर त्यसको १० मिनेट पछि ७१औं मिनेटमा ब्रेन्टफोर्डका कीन लेविस–पोटरले गोल फर्काए ।

निराश आर्सनलका तर्फबाट ब्रेन्टफोर्डमाथि निरन्तर दबाब राखे पनि ब्रेन्टफोर्डले आर्सनलको पोस्टमा ११ पटक धावा बोलेको थियो, जसमा तीन पटक निकै सुन्दर आक्रमण समावेश थिए ।

यो बराबरीसँगै आर्सनलको प्रिमियर लिग उपाधि जित्नेमा अन्यौल बढेको छ । आर्सनलले पछिल्ला पाँच खेलमा दुई वटामा जित निकाले पनि दुई वटा बराबरी र एकमा हार व्यहोरेको छ ।

अबका पाँच खेल पनि आर्सनलका लागि निकै कठिन छन् । आर्सनलले अब उल्भ्स, टोटेनह्याम, चेल्सी, ब्राइटन र एभर्टनसँग खेल्दैछ ।

उता, सिटीका लागि भने केही सहज हुनेछ । निकै राम्रो फर्ममा अघि बढेको पेप ग्वार्डिओलाको सिटीले अब फुलह्याम, न्यूक्यासल, लिड्स युनाइटेड, क्रिस्टल प्यालेस र नटिङघम फरेस्टसँग खेल्दैछ ।