२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वाधिक कमाई गर्ने क्लबमा बार्सिलोना



अ+ अ-

सर्वाधिक कमाई गर्ने क्लबमा स्पेनिस क्लब बार्सिलोना परेको छ । डेलोइट फुटबल मनी लिगको सर्वेक्षण अनुसार बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब बनेको हो । बार्सिलोनाको सन् २०१८/१९ को सिजनको कमाई ७४१.१ मिलियन पाउण्ड रहेको छ । बार्सिलोना पहिलो पटक सर्वाधिक कमाउने क्लब बनेको हो ।

यस्तै स्पेनिस क्लब रियल मड्रिड भने दोस्रो स्थानमा रहन सफल भएको छ। रियलको कमाई ६६७.५ मिलियन पाउण्ड रहेको छ । तेस्रो स्थानमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड रहेको छ । युनाइटेडको कमाई ६२७.१ मिलियन पाउण्ड रहेको छ ।

चौंथो स्थानको वायर्न म्युनिखको ५८१.८ मिलियन पाउण्ड रहदा पाँचौं स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) को ५६०.५ मिलियन पाउण्ड रहेको छ । यस्तै छैटौं स्थानमा म्यानचेस्टर सिटी, सातौं स्थानमा लिभरपुल, आठौं स्थानमा टोटेनहम, नवौं स्थानमा चेल्सी र दशौँ स्थानमा युभेन्ट्स रहेको छ ।